८ मंसिर २०८१, शनिबार | November 23, 2024

चुनाव (भाग-३)



तिहारको पञ्चक जस्तै चुनावी जुवाको रौनकता थियो,हस्तिनापुर नगरको कुरुक्षेत्रमा । साना भुरे पार्टी र ठूला समाजवादी तथा नेपाली जनता पार्टीहरुले आ– आफना चुनावी चिन्हहरु बोकेर घरदैलो । सुरेश्रको समूहले उदीयमान सूर्यमा नेपालको राष्ट्रिय झण्डा अंकित चुनावी झण्डा फर्फराएर हिडेका थिए भने सोभितराम,रविन्द्र एण्ड कम्पनीको मकैको रुख अंकित चुनावी चिन्ह । सबैले आ–आफनो पार्टीको जयजयकार गर्दै हिडेका थिए ।

सरकारी नियमानुसार मतदान गर्नुभन्दा ४८ घण्टा अघि प्रचार प्रसार बन्द गर्ने निर्वाचन कार्यालयको उर्दी थियो । त्यही आचार संहिता पालना गर्दै सुरेन्द्रको समाजवादी पार्टीले प्रचार बन्द गरेर बुथ सुरक्षा र बुथ प्रतिनिधि खटनपटनतिर लागेका ।

कथाकार

तर सोभितरामको पल्टन नोट बोकेर भोट किन्न सरकारी निकायको आँखा छल्दै भित्री गल्लीहरुतिर घुसे । जस्तै सेनाका पे–नायकहरुले पोष्टहरुमा ड्यूटीरत जवानहरुलाई तलब बाँड्न हिडे झैं । रातको शून्य समयलाई उपयोग गर्दै जन्ताको ढोका ढोकामा जन्तालाई दिग्भ्रमित पार्दै हिडिरहेको थिए,उनीहरु । आभूषणको चमक जस्तै नयाँ नोटको चमकमा आकर्षित गर्नु थियो, उत्पीडित जन्ताहरुलाई ।

कुना कुनामा भोट बैंकको शाखा चाहार्दै गरीब,दलित बस्तीहरुमा संख्या अनुसार कुखुरा देखि राँगोसम्म, ग्यालेन देखि ट्यांकीसम्म रक्सीका भण्डारा र भण्डारापछि पाँच पाँचसय पुग्ने गरी खर्खर बज्ने नयाँ नोटको बिटो बोकेका थिए,उनीहरु ।

भोज कार्यक्रमको भीभीआइपी, शोभितराम र रविन्द्र । प्रमुख व्यवस्थापक थियो, भोलाप्रसाद । अर्को ठेकेदार थियो, लीलाबहादुर । उसलाई पार्टी सरोकार भन्दा फरक यस्ता निर्वाचनहरु क्यासिनोको खाल जस्तै थियो,प्रत्येक दिन,महिना आवधिक भैदिए हुन्थ्यो भन्ने । भोट टीम भन्दा नोट टीम उसको लागि फलदायी थियो ।

यो बडाभोज कार्यक्रम, प्रचार समाप्त भएको दोश्रो दिन र मतदान हुने अघिल्लो दिन थियो । यो पनि अनौठो कुसंयोग नै थियो । अघि जिउ सञ्चो नभएको बेलामा काममा आएन,भनेको मानेन भनेर विचरा कलिमानले तिनै रविन्द्र र शोभितरामबाट मरणासन्न कुटाइ खाएको थियो । धाराबाट पानी बोकेर आउँदा सोभितकी स्वास्नी आफै झुक्किएर छुइन जाँदा, छुइदिइ डुमिनीले भनेर सुकमाया दमिनीलाई रबीन्द्रकी स्वास्नी समेत भएर भकुर्नसम्म भकुरेका थिए । यी त प्रतिनिधि पात्र मात्र थिए । हिजोसम्म तीनै शोषक पीडकहरुले दलितहरुमाथि लगाएको शारीरिक र मानसिक यातनाको घाउ अझै सन्चो भएको थिएन । आज.तिनै नरपिचासहरुलाई भोटको आवश्यकता परेकोले निर्णायक भोट व्यांक भएको दलित बस्ती खोज्दै दौडाहा लगाएका थिए,नैतिकता बन्धकी राखेर ।

भोली त्यो दुर्दशा दोहोरिने सम्भावना त एक कुनामा छदैथियो । यद्यपी आज तिनै गरीबहरुको दिमाग भुट्न पेटभरि रक्सी मासु ख्वाएर दक्षिणा छर्दै उनीहरुको मताधिकार लुट्न आएका थिए,महामानव बनेर ।

सबैठाउँमा जाँदै दुई हात जोडेर नमस्कार गर्दै ख्वाउदै,दक्षिणा छर्दै,भाषण गर्दै दौडाहा लाउँथे । पूर्व निर्धारित समयमै कार्यक्रम सुरुभयो । राँगाको मासु र रक्सीयुक्त प्लास्टिकका ट्यांकीहरु मौजुद भए, भोका दलितहरुको अगाडि । मासु,भात खानको लागि टपरीहरु तयार पारिएको थियो भने रक्सी खानको लागि आ—आफनै गिलास । यथाशक्ति खान स्वतन्त्रता थियो । उल्यालोको लागि पेट्रेमेक्सहरुको उचित व्यवस्था मिलाएको थियो,ठेकेदार लीलाबहादुरले ।

तर त्यो खाए,पाए बापत जन्ताले चुकाउनु पर्ने मूल्य मामुली थिएन । उनीहरुले मासुसंग हाड मात्र हैन फलामकै चिउरा चपाउनु पर्ने थियो,आफनो र देशको भविष्य बन्धकी राखे। ।

खाँदाखादै भोलाप्रसादले लीला सुरु ग¥यो ,क्यामेरा सोझाउदै बक्यो–“हेर साथी हो, तपाइहले यो क्यामेरा देख्नु भयो । यसको काम भोज आए नखाएको र मकैको रुखमा भोट् हाले नहालेको छर्लङ्ग देखाइदिन्छ । अनि जसले भोट हालेको छैन,हाम्रो फौजले पत्ता लगाएर उसको भविष्य अन्धकार बनाउँछ,जतिखेर जे पनि हुन सक्ने । समाजबादी पार्टीका नेता सुरेन्द्रको सारगर्भित भाषण सबले सुनेका थिए । भोलाको वाक्य पूरा नहुँदै भीड मध्येको एउटा झुत्रे,पेट दाम्रिएको एउटा श्रमजीवीले उठेर मुटु कमाउदै मनको गाँठो फुकायो–
“ साव, सोभित मालिकसावलाई भोली भोट अवश्य दिन्छौं हामी । हामीले छोएको पानी अहिले मात्र चल्या होकि पर्सीदेखि पनि चल्ने हो मालिक ?हामीले अब कुटाई खानु पर्ने होकि नाई मालिक? हाम्रो गास,बास,कपासको व्यवस्था हुने होकि नाई ? ”
सोभित र रबीन्दको दिमागमा झस्का पसेछ । बहिर्मुखी प्रश्नकर्ता रहस्यमय प्रश्नकर्ताको अनुहारमा बिष्फारित आँखा गाड्दै भोलाप्रसादलाई आँखा सन्काउदै ढुङ्गा जस्तो आदेश बर्षायो,रबीन्द्रले–
“भोला जी, यिनीहरु सुरेशको बकाउमा लाग्लान्,चित्त बुझाई दिनुस् है ?

भोलाले सम्शोधन गर्दै उर्दी जारी गर्यो—“स्याबास, कुलेलाई सफासंग थाहा रहेछ भोट हाल्ने कुरा । कुलेले हाम्रा नेताज्यूहरुबाट मात्र पूरा हन्छ । अरुबाट हुन सक्दैन । तपाईहरुको खाँचो बुझ्ने,तपाईहरुको नजिकको,अहिले तपाईहरुको घरमै आएर यत्रो सेवा गर्नुहुने एक मात्र हाम्रा योग्य,कर्मठ नेपाली जनता पार्टीका उम्मेदवार सोभितराम नै हुनुहुन्छ । तपाईहरुले भनेका सबै काम उहाँबाटै पूरा हुन्छ । उहाँलाई जसरी पनि जिताउनु पर्छ,उहाँको जीत भनेको तपाई हाम्रै जीत हो । अरुको बहकाउमा लागेर भोट अन्तै हालेमा हाम्रो क्यामेराले कैद गरेपछि छोड्ने छैन । याद गर्नु होला ।” त्यसपछि सोभितराम र रबीन्द्रको छाति कसिलो भयो ।००

भोलाको कुरा सुनेपछि डरका तालीहरु पर्रर बजे । मन सुरेन्द्रतिर भए पनि तन उनीहरुको क्यामेरामा परेको थियो । “नखाउँ भने दिनभरिको सिकार,खाउँ भने कान्छाबाबुको अनुहार” । ०

आकाश छोप्न आएका काला बादलहरुको गर्जनाद सुरु भयो । रबीन्द्रको धम्कीपूर्ण काँडे भाषण सुनेर मुटु थररर कामिरहेका श्रमजीवी दलितहरु रनभुल्लमा परे । कोही बुज्रुकहरु भन्थे —यो सबै जनताको मताधिकारको प्रभाव हो । तर मतको अर्थ कसैको जबरजस्ती र भुलभुलैयामा दुरुपयोग गर्नमा हैन देश र समाजको उन्नति र परिवर्तनको पक्षमा,योग्य उम्मेदवार छनौट गर्नमा सदुपयोग गर्नु मात्र बुद्धिमत्ता हुनेछ भन्थे, मनमनै । खास्स खुस्स मसिना गफ पनि हुन्थे, अगाडि भाषण सुनिरहेको कानलाई बंगाउदै ।
रबीन्द्रको बकाई सकिएपछि मूख्य अतिथि,मूख्य आयोजक,सोभितराम कुल्र्यो–
“साथीहरु हो ! भन्नु पर्ने कुरा त साथीहरुले भनिसक्नु भयो, म तपाइहरु बीच सदा सर्वदा साथमा रहेर काम गर्दै आएको तपाइहरुकै सेवक सहयोगी साथी हुँ, मैले धेरै भन्नु नपर्ला, मैले अहिले गरेको यो सेवालाई सार्थक पारिदिनु होला । भोट हाल्न जाँदा हाम्रो जीवनको पाचन प्रकृयाको मुख्य श्रोत मुलालाई नभुलेर त्यसमा छाप लाइदिनु होला भन्ने बिश्वास राखेको छु । तर खबरदार ,यो कुरा भुलेर भोट अन्तै गयो भने मतकेन्द्रबाट फर्किदा पाइला अन्तैतिर मोडे हुन्छ । समय राति भएकोले म अहिले धेरै भन्न चाहन्न । रबीन्द्रजी र भोलाजीको कुरा सुनिसक्नु भएकोछ । त्यसलाई पूरा पालना गर्नु होला अन्यथा नहोस ।

यसरी बिधिवत रुपमा चुनावी प्रचार प्रसार बन्द भएको अवस्थामा मतदाताहरुलाई चौघेराबन्दीमा पारेर सोभित एण्ड कम्पनीका जुलाहाहरु रातभरि गाउँ गाउँ ,टोलटोलमा छरिएका थिए ।

भोलीपल्ट निर्धारित समयमा चुनावको कुम्भ मेला सुरु भयो कौरब—पाण्डवको कुरुक्षेत्र जस्तै मतयुद्ध मेला । मौन अवधिको सदुपयोग गर्ने सोभित एण्ड कम्पनीको रातभरिको कार्यक्रममा सुरेशबहादुरका सबै पोष्टर र वालपेन्टहरुको ठाउँमा आफनो प्रचार पोष्टर पेन्टहरु छपक्कै पारेको थियो, आचार संहिताको ठाडो उलङघन गर्दै । त्यो देख्दा सुरेन्द्र लगायत उनका साथीहरु र शुभचिन्तक मतदाताहरुको मनलाई हल्लायो, करिब आठ रेक्टरस्केल भूकम्प जति । ००

निर्धारित समयमा मौन युद्ध सुरु भयो, चुनावी कुरुक्षेत्रमा । सुरेशबहादुर एण्ड कम्पनीलाई सोभित एण्ड कम्पनीको कुत्सित खेलले गम्भीर आशंकामा डुबाए तापनि आफनो विगतको सेवा र अभिव्यक्तिहरुको स्मरणबाट अलिकति विश्वास,अलिकति साहस,अलिकति आशाको त्यान्द्रो बाँकी राखेर मतदान सम्पन्न पश्चात कोही साथीहरुलाई मतपेटिको फलोअप तथा गणक प्रतिनिधिलाई खटाई आफू घरतिर फिर्ता भएर मत गणना नतिजाको प्रतीक्षामा रहे ।

जसै मत गणनाको नतिजा आउने क्रम सुरु भयो उनको कान त्यसैमा केन्द्रिकृत भयो । अन्य स्थानहरुको मतपेटिकाबाट उनलाई विश्वासको धुरी चढाइरहेको थियो । जब आशंकित स्थानको मतपेटिका खुल्यो,जहाँ परेका त्रसित मतहरुको मत पेटिकाले उनको आशामा पल्टा खुवायो०० । निर्णायक मत त्यहीँ रहेछ । मत गणनाको कार्य सकियो,उनी दोश्रो नम्बरमा परे । लडाईमा दोश्रो हुनेको कुनै अर्थै थिएन । युधिष्ठिर भन्दा अघि दुर्योधन गएर स्वर्गको सिंहासन बसेको जस्तो भयो । सबै बिलखबन्दमा । सबैको मुखबाट एउटै वाक्य वाक्य निस्किन्थ्यो,“सतिले सरापेको देश”।

 

प्रकाशित मिति : २९ जेष्ठ २०७८, शनिबार  ८ : १७ बजे

दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’ मा राख्न सिफारिस

काठमाडौं । सङ्घीय प्रोवेशन तथा प्यारोल बोर्डको शुक्रबारको बैठकले २८५

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको

काठमाडौं महानगरपालिकामा करिब पाँच सय पसल अनुगमन गर्दा २० मात्रै नियमअनुरुप

काठमाडौं । काठमाडौं महानगरपालिकाले चार सय ९७ पसलको अनुगमन गर्दा

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने