२५ फाल्गुन २०८१, आइतबार | March 9, 2025

बजारमा सिटामोलसम्म पाउन सकस



काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् ।

पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।

नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् ।

नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् ।

‘नेपाली उद्योगलाई विश्वासमा लिएर चा“डोभन्दा चा“डो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’

भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड छ । यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो । आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार  ७ : ०६ बजे

टेकुको ढलमा फसेका व्यक्तिको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिका-२ टेकुस्थित ढलभित्र फसेका एक व्यक्तिको प्रहरीले

नेपालले युगाण्डाविरुद्ध टस जितेर पहिला बलिङ गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आज आयोजक युगाण्डाविरुद्ध

विपद् व्यवस्थापनको अधिकार प्रदेशमा हस्तान्तरण गरिने : गृहमन्त्री लेखक

कर्णाली । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको

सुर्खेतमा तारा एयरको उडान बन्द

सुर्खेत । तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै

दोस्रो तारिख बुझ्न कास्की गए रवि, भोलि रुपन्देही अदालतमा उपस्थित हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो