२८ मंसिर २०८२, आइतबार | December 14, 2025

राष्ट्रपतिको कदमका बारे मध्यरातमै नेताहरुको कडा प्रतिक्रिया, कस्ले के भने ?



बुटवल । मध्यरातमा प्रधानमन्त्री र राष्ट्रपति मिलेर संसद विघटन गर्दै मध्यावधि निर्वाचनमा मुलुकलाई ढकेलेपछि मध्यराती नै दलका नेताहरु ट्वीटरमा सक्रिय भएका छन् । उनीहरुले सरकारको कदमलाई गलत भएको टिप्पणी गर्दै राष्ट्रपति बालुवाटारको आदेश पालक मात्र बनेको आरोप पनि लगाएका छन् ।

राष्ट्रपतिको कदम बारे मध्यरातमा नै प्रतिक्रिया पोष्ट गर्दै नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले राष्ट्रपति पदको गरिमालाई बालुवाटारले बालुवामा मिलाएको टिप्पणी गरेका छन् । संविधानको धारा ७६(५) ले सांसदले गर्ने हस्ताक्षर र प्रस्ताव गर्ने विकल्पबारे बोल्ने भन्दै उनले कारबाही चेतावनीको पत्रलाई आधारमा मानेर राष्ट्रपतिले सांसदको हक छिन्न संविधाने कहाँ दिएको छ ? भनेर प्रश्न गरेका छन् ।

त्यसैगरि नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुन ‘अनन्त’ ले राष्ट्रपति विद्यादेवी भण्डारीले चालेको कदमलाई ‘डकैती’ को संज्ञा दिएका छन् ।

राष्ट्रपतिले मध्यरातमा प्रधानमन्त्रीको उम्मेदवार शेरबहादुर देउवा र केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै नियुक्ति नदिने बताएपछि नेता पुनले मध्यरातमा ट्वीट गर्दै लेखेका छन् – ‘मध्यरातमा डकैती गरियो । ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’

कांग्रेस नेता शेखर कोईरालाले पनि मध्यरातमै ट्वीट गर्दै आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् । कोईरालाले राष्ट्रपतिको गैरसंवैधानिक र गैरराजनीतिक कदमले देशलाई कहालिलाग्दो द्वन्द्वमा लगेको बताएका छन् । उनले अगाडि लेखेका छन् – ‘संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन।’

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार  ६ : २२ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई