म्याग्दी । म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ । अस्पताल परिसरमा खाली सिलिन्डर पनि भर्न मिल्नेगरी सञ्चालन गरेको अक्सिजन प्रशोधन केन्द्र (अक्सिजन प्लान्ट)लाई अक्सिजन बैंकको रूपमा परिणत गरिएको हो ।
अस्पतालले अहिले संक्रमितलाई आवश्यक अक्सिजनको जोहो गरिरहेको छ । साथै तीव्ररूपमा फैलिएको कोरोना (भाइरस)का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिन बजारमा खाली रहेका अक्सिजनका सिलिण्डर संकलन गरी अक्सिजन भर्न थालिएको अस्पतालले बताएको छ ।
विभिन्न संघसंस्था, कम्पनी र उद्योगसँग भएका अक्सिजन सिलिण्डर संकलन गरेर एकद्वार प्रणालीबाट कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउन बैंक स्थापना गरिएको अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए । ‘अक्सिजन बैंकमा विभिन्न क्षेत्रबाट खाली र भरिएका सिलिण्डर संकलन भइरहेको छ,’ उनले भने ।
बेनीबजारमा प्रहरीले अक्सिजन सिलिन्डर संकलन अभियान शुरू गरेको छ । आठओटा पसल, ग्यारेज तथा उद्योगमा रहेका ११ ओटा सिलिण्डर भरिएको र १० ओटा खाली सिलिण्डर संकलन गरिएको म्याग्दीका प्रहरी प्रमुख (डीएसपी) श्यामकुमार राईले बताए । संकलन गरिएका २२ थान अक्सिजन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको उपस्थितिमा अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाललाई हस्तान्तरण गरिएको डीएसपी राईले बताए ।
कोरोना महामारीको अवस्था सहज भएपछि सम्बन्धित व्यक्तिहरूलाई फिर्ता गर्नेगरी सबै प्रक्रिया पूरा गरेर अक्सिजन सिलिण्डर संकलन गरिएको उनको भनाइ छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षमा उपलब्ध गराएको १० लाख रुपैयाँ बजेटले पलान्टबाट अस्पतालको शøयामा अक्सिजन पु¥याउन पाइपलाइन जडान गरिएको छ । प्लान्टले एक दिनमा १५ ओटासम्म सिलिण्डरमा अक्सिजन भर्न सक्ने क्षमता राख्छ । आजको आर्थिक अभियान दैनिकमा खबर छ ।
प्रतिक्रिया