१४ पुस २०८१, आइतबार | December 29, 2024

उपत्यकामा आइसियु अभाव, पोखरा र झापा लगिए बिरामी



काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालमा आइसियु अभाव भएपछि संक्रमितहरू हेलिकोप्टरबाट उपत्यकाबाहिर जाने गरेको पाइएको छ ।

शनिबार बाग्लुङका ४३ वर्षीय पुरुष उपत्यकाका अस्पतालमा आइसियु नपाएपछि हेलिकोप्टरबाट पोखरास्थित चरक अस्पताल पुगेका छन । कोरोना संक्रमणका कारण शरीरमा अक्सिजनको मात्रा घटेको र आइसियु नपाएर उनले पोखरा जानुपरेको हो ।

उपत्यकाका निजी र सरकारी दुवै अस्पालमा व्यापक खोजी गर्दा पनि आइसियु र बढी क्षमताको अक्सिजन नपाएपछि पोखरा जानु परेको उनकी पत्नीले बताएकी छिन । पोखरा जाने क्रममा खराब मौसमका कारण बीचमा दुई ठाउँमा रोकेर मात्र उनीहरू पोखरा पुगेका थिए । ‘भाग्यले बाँच्यौं, बीचमै झन्डै मरिएन,’ उनले हेलिकोप्टरको यात्रा सम्झिँदै भनिन ।

आइसियु नपाएपछि शनिबारै अरू दुई बिरामी उपत्यकाबाहिर गएको कोभिड उपचारमा संलग्न भोल्युन्टियर गु्रपले जनाएको छ । उनीहरूले आइसियु र शय्या नपाएका बिरामीका लागि खोजी गरिदिने काम दुई सातादेखि गर्दै आएका छन । भोल्युन्टियर गु्रपकी सदस्य आश्विनी पुडासैनीका अनुसार यो गु्रपमा कुन अस्पतालमा कति आइसियु र शय्या छ भन्नेबारे छिटो सूचना आउने व्यवस्था भएकाले उनीहरूले यस्ता आपतमा परेका बिरामीलाई सेवा दिने गरेको बताइन । राजधानीका केहि अस्पतालमा आइसियु भए पनि चिकित्सक नभएकाले सेवा पाउन नसकिएको बिरामीका आफन्तले बताएका छन ।

४/५ दिनको अवधिमा हेलिकोप्टर र एम्बुलेन्सबाट झापास्थित बिएन्डसी अस्पतालमा १० जना बिरामी आइसियुका लागि पुगेको सो अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बताए ।

तीमध्ये शनिबारै दुईजना हेलिकोप्टरबाट बिएन्डसी अस्पताल पुगेको प्रसाईंले जानकारी दिए । यस्ता बिरामी ओसार्नका लागि मनाङ, सिम्रिक र पावर डाइनोस्टिक हेलिकोप्टर सञ्चालनमा रहेका छन । राजधानीबाट यसरी उपत्यकाबाहिर बिरामी जान लागेको ४/५ दिन भएको अस्पतालहरूले जनाएका छन । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ७ : २६ बजे

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको काम प्रति सञ्चारमन्त्रीको गुनासो

पोखरा । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। आज सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला चारसय रुपैयाँ

उत्पादन नहुँदा हेटौँडा सिमेन्टमा आर्थिक सङ्कट

बागमती । उपकरण बिग्रिएर थन्किएपछि उत्पादन बन्द भएको हेटौँडा सिमेन्ट

कोरियामा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको संख्या ६२ पुग्यो

सियोल। दक्षिण कोरियामा भयानक विमान दुर्घटना भएको छ । दक्षिण

बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल

बागलुङ । ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा शुक्रबारदेखि ५० शय्याको अस्पताल सञ्चालन