११ पुस २०८१, बिहिबार | December 26, 2024

चितवनमा ८६ चिकित्सक र स्वास्थ्यकर्मी कोरोना संक्रमित



चितवन । चितवन जिल्लामा कोरोना रोकथामका लागि खटिएका चिकित्सक र स्वास्थ्यकर्मी संक्रमित हुन थालेका छन् ।

कोरोनाको दोस्रो लहरसँगै जिल्लाका अस्पतालमा कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र कर्मचारी गरी ८६ जना संक्रमित भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा २२, चितवन मेडिकल कलेजमा २२, पुरानो मेडिकल कलेजमा १९, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका १६ जना रहेका छन् ।

बघौडा अस्पताल माडी, राप्ती अस्पताल भण्डारा, बकुलहर अस्पताल रत्ननगर, कालिका नगर अस्पताल लगायतका अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी ७ जना संक्रमित भएका उनले जानकारी दिए ।

उनका अनुसार संक्रमित चिकित्सक र स्वास्थ्यकर्मी अहिले अइसोलेसनमा रहेका छन् । उनीहरूमध्ये कतिपय सन्चो भएर घर फर्किसकेका छन् । कार्यालयका अनुसार जिल्लामा कोरोना रोग नियन्त्रणमा खटिएका प्रहरी प्रमुख समेतलाई संक्रमण देखिएको छ ।

जिल्लामा वैशाखमा मात्रै २ हजार ८० जनामा संक्रमण देखिएको छ । जसमध्ये १७ जनाको मृत्यु भइसकेको कार्यालयको तथ्यांकमा उल्लेख छ । जिल्लामा हाल औसत दैनिक ७ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये अधिकांश बाहिरी जिल्लाका छन् । रासस

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ८ : ५९ बजे

जलवायु परिवर्तनका चुनौतीको सामना गर्न सबै एकजुट हुनुपर्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सबै

नेपालले जलवायु न्याय र क्षतिपूर्तिको आवाजलाई सशक्त रूपमा उठाउनुपर्छ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले जलवायु न्याय,

स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचनको तयारी

प्रभु बैंकले गर्यो विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल हस्पिटलसँग सम्झौता

काठमाडौ । प्रभु बैंकले विभान्ता डेन्टल हस्पिटल र हिमाल डेन्टल

म्याग्दीको बुक्लामा ट्रिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-४ बुक्लमा आज ट्रिपर दुर्घटना हुँदा