२९ पुस २०८१, सोमबार | January 13, 2025

निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचिमा राख्न माग



काठमाडौं । निर्यात व्यवसायी महासङ्घ नेपालले निर्यातजन्य वस्तुलाई अत्यावश्यक वस्तुको सूचीमा राख्न माग गरेको छ । महासङ्घका अध्यक्ष रामबहादुर गुरुङले विज्ञप्ति जारी गर्दै अत्यावश्यक वस्तुमा कालोबजारी हुनसक्ने भएकाले सजगता अपनाउन सरोकारवाला निकायलाई आग्रह पनि गरेका छन् ।

गण्डकी प्रदेशसभा सदस्य रहेका अध्यक्ष गुरुङले महासङ्घले तीनै तहका सरकारलाई कोभिड–१९ का कारण निम्तन सक्ने सम्भावित अवस्थाका लागि आवश्यक तयारी गर्न आग्रहसमेत गरेको जनाए । महासङ्घले नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै निषेधाज्ञाको समयमा दैनिक ज्यालादारी गर्ने मजदुरको रोजगारी नगुम्ने गरी आर्थिक गतिविधि सञ्चालन गर्ने सहज वातावरण बनाउन पनि माग गरेको छ । दैनिक उपभोग्य सामग्रीका उद्योग, निर्यातजन्य वस्तु उत्पादन हुने उद्योग र महत्वपूर्ण परियोजना सञ्चालनमा रोक नलगाउन पनि महासङ्घले सरकारसँग आग्रह गरेको छ ।

साथै ती उद्योगबाट उत्पादित वस्तुको सहज आपूर्ति, ढुवानी, बिक्री, स्वदेशमै कच्चा पदार्थको उत्पादन तथा आयातमा सहज बनाउन र निर्यातजन्य उद्योगका कर्मचारी तथा मजदुरलाई कार्यालय आवतजावत गर्नका लागि सहजीकरण गरिदिन सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  १२ : २७ बजे

लुम्बिनी प्रदेशले माघ २ गते सार्वजनिक विदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले माघ २ गते प्रदेशभर सार्वजनिक

रवि लामिछाने आज पनि हिरासत पठाइए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज पनि

सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध

सोलुखुम्बू । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा

बाँकेको जेठो सहकारीको खुद नाफा १४ लाख

खजुरा । बाँकेको जेठो सहकारीकारुपमा रहेको सहकारी संस्था लिमिटेडले आव

सिद्धार्थ इङ्ग्लिस बोर्डिङ् सेकेन्डरी स्कुलमा खेल महोत्सव सम्पन्न

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ शंङ्करनगरस्थित सिद्धार्थ