५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

रुपन्देहीमा ‘लकडाउन’ गर्ने बिषयमा सरोकारवालासँग परामर्श सुरु, १६ गतेबाट ‘लकडाउन’ गर्ने तयारीमा स्थानीय प्रशासन



बुटवल । रुपन्देहीमा निषेधाज्ञा लगाउने बिषयमा स्थानीय प्रशासनले परामर्श सुरु गरेको छ । १६ बैसाखदेखि निषेधाज्ञा लगाउने सम्बन्धमा प्रशासनले आजबाट सरोकारवालासँग परामर्श थालेको हो ।

सरोकारवाला निकायको सुझावका आधारमा निषेधाज्ञाको मोडेल र समयावधी तय हुने जिल्ला प्रशासान कार्यालयले जनाएको छ । सम्बन्धित सबैको राय सल्लाह पछि बुधबार जिल्लो कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञाको मोडेल तयार गरेर प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।

निषेधाज्ञा जारी गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीमा निहित रहेको छ ।

बुधबार बिहान डीसीसीएमसीको बैठकले निषेधाज्ञाको खाका सहित प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरे अनुसार निषेधाज्ञा जारी हुने सुचना अधिकृत थापाले बताए ।

‘मोटामोटी १६ गते बिहान १ बजेदेखि वैशाख २९ गतेसम्म निषेधाज्ञा लगाउने मानसिकताका आधारमा परामर्श लिने काम भएको छ, सरोकारवालाहरु पनि चेन ब्रेक गर्न कम्तीमा १५ दिन ‘लकडाउन’को पक्षमा हुनुहुन्छ ।’ थापाले भने ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ३ : २४ बजे

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा

दाउन्नेमा चिप्लो बाटो, लामो जाम, यात्रुको बिचल्ली

नवलपुर । बिहिबार भएको वर्षापछि दाउन्नेमा चिप्लिएको सडकमा गाडी चलाउन

तराई-मधेश जागरण अभियानअन्तर्गत कपिलवस्तुका गाउँ पुगे प्रचण्ड

कपिलवस्तु । तराई मधेश जागरणअभियानअन्तर्गत पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का

हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा

बागमती । हेटौँडा सिमेन्ट उद्योग छ महिनापछि पुनः सञ्चालन भएको