१५ माघ २०८१, मंगलबार | January 28, 2025

नेपाल सुपर लिगका लागि सबै तयारी पुरा गरेको लुम्बिनी फुटबल क्लबद्वारा जानकारी



बुटवल । लुम्बिनी फुटबल क्लब बीएलएफसीले नेपाल सुपर लिगका लागि आफ्नो सबै तयारी पुरा भएको जनाएको छ ।

बीएएफसीले सोमबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेनलमा प्रतियोगिताका लागि आफ्नो क्लबले सबै प्रकारको तयारी गरेको जनाएको छ ।

क्लबले प्रतियोगिताको शसक्त दाबेदार भएको समेत दाबी गरेको छ । नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्ट प्रालीले यही बैशाख ११ गते आयोजना गर्न लागेको नेपाल सुपर लिगमा सात वटा क्लबको सहभागि हुनेभएका छन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न टिम कोच, टिम म्यानेजर, मार्की प्लेयर लगायतका सबै खेलाडीहरु छनौटको काम सकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा क्लबका संचालकहरुले बुटवल फुटवल क्लब कुनै व्यवसायिक घराना वा समुहको नभै लुम्बिनी प्रदेशका खेलप्रेमी जनसमुदायको संयुक्त क्लब रहेको दाबी गरे ।

अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीकुमार ज्ञवाली, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, उद्योग राज्यमन्त्री बिमला वि.क, राष्ट्रियसभा सदस्य कोमल ओली र प्रदेशका सांसदहरुले समेत क्लबको स्वामित्व ग्रहण गरेको संचालकहरुले बताए ।

नेपालमै पहिलो पटक हुन लागेको फ्रन्चाइज लिग व्यवासायिक खेलकुदको प्रवद्र्धनमा हातेमालो गर्न लुम्बिनी प्रदेशमा स्थापित उद्योग प्रतिष्ठानहरुलाई क्लबले आग्रह पनि गरेको छ ।

 

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  १२ : ४३ बजे

संसद अधिवेशनको तयारी तीव्र, कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं । यही माघ १८ गते सुरु हुने सङ्घीय संसदको

आँधीखोला पुल : सातवर्षमा तेस्रोपटक म्याद थप गर्दा पनि सम्पन्न भएन

वालिङ । भीरकोट नगरपालिका-४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन

काभ्रेमा सोह्र हजार छात्रालाई एचपिभी खोप लगाइने

काभ्रेपलाञ्चोक । राष्ट्रिय खोप कार्यक्रमअन्र्तगत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १०

बाँकेमा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना

बाँके । जिल्लामा भूमि समस्या समाधान आयोगको कार्यालय स्थापना गरिएको

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव

तनहुँ । म्याग्दे गाउँपालिका-३ गुञ्जार उमाचोक, देवघाट गाउँपालिका-२ र ३