काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा आज बिहान मन्त्रिपरिषद् बैठक बोलाएका छन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको हो ।
समसामयिक एजेण्डामा निर्णय गर्न मन्त्रिपरिषद् बैठक बोलाएको थापाले बताए ।
बैठकमा कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण कसरी गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
यही शनिबार बसेको सीसीएमसी बैठकले कोरोनाको दोस्रो लहड तिब्र गतिमा बढेको भन्दै शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो ।
यस्तै बैठकले कोरोनाबाट जोगिन स्वास्थ्य मन्त्रालयको सल्लाहमा सीसीएमसी बैठकले नै तय गरेका जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने बताइएको छ ।
मुलुकको राजनीति तरंगित भइरहेका बेला बस्ने बैठकमा थप विषयमा पनि छलफल हुनसक्ने बुझिएको छ ।
प्रतिक्रिया