५ चैत्र २०८१, मंगलबार | March 19, 2025

अभिमान



वर्णबहादुर वस्तुतः लेखनदार थियो । कहिलेकाँहि पाठकको मानसिकतामा दिग्भ्रमित पार्न कविता पनि कोरेर सुनाउने गरेकोले उसलाई कवि पनि भन्ने गर्थे,समाजका केहीले । मधुरस पुर्याउने सिर्जनशील साहित्यकार हैन, बिना रुप रङ्गको ढोङ्गी ऊ कविको पंक्तिमा पनि जोडिन पुगेको थियो । उसको दैनिकी, मालपोत कार्यालयको प्रांगणमा बसेर बकुल्लाले माछा कुरेझैं सेवाग्र्राहीको प्रतीक्षा गर्ने र अभिमानको गन्ध छर्दै उल्टा सिधा गफ हाक्नु उसको दैनिकी थियो । कसैले उसलाई वकिल साव भनेर सम्बोधन गर्थे भने कसैले कवि महोदय भन्ने गर्थे । दुबै पदावलीको सम्बोधनले ऊ गर्वको धुरीमा पुग्थ्यो । कसैबाट उक्त सम्बोधन पदावली छुटाएर वर्णजी मात्र भनेमा ऊ ओठ लेप्राएर,आँखा फुकालेर नाक फुर्र पाथ्र्यो,अपमानित ठानेर दम्भको हुङकार बर्षाउदै ।

अरुलाई पित्तल र आफूलाई सुन ठान्ने वर्णवहादुरको चित्तले ठानेमा र कुनै सोझा दानवीर सेवाग्राही पाएमा एक,दुई बर्ष र अन्यथा ६ महिनामा डेरा सार्ने क्रम उसको थियो । बिरालाको बच्चा सराई र उसको डेरा सराई उस्तै उस्तै । बाबुको अंशको नाउँमा परेको आफनो घरचाँही नियमित रुटिङगमा परेको सन्ध्याकालीन पेय पदार्थसंग उहिल्यै साटिसकेको थियो ।

सिधासादा नयाँ नयाँ घरधनीलाई वाक पटुताले लट्ठ पारेर डेरा हासिल गरेपछि उसलाई सन्ध्याकालीन मधुशालाको पार्टनर बनाउथ्यो,धेरै उसको,थोरै आफनो हुने गरी । सुमधूर सम्बन्ध कायम पनि कायम हुन्थ्यो,केहीकाल । घरको घरभाडाको महिना खापिएर घरबेटीको मुखबाट बोली फुट्यो भने वर्णबहादुरको मुखबाट गोली छुट्थ्थ्यो– “कल्ले दिन्न भन्याछ र ?यसतो अशिष्ट शब्द बोल्ने मसंग? कोहो म ?चिन्या छ ? मुद्दा ठोकिदिउँ ? यस्ता कुरा गर्ने भए तिम्रो डेरा भोली नै छोडिदिन्छु के सोच्याछौ? ”

ऊ प्रायः अभिमानको दुव्र्यसनीले बाह्रै घण्टा धङधङीने भएपनि पतिव्रता उसकी श्रीमती भने सुशील थिइन् । जहाँ बस्थिन बसेको ठाउमा माया र सदभावको सुवाष छर्ने हुँदा त्यस परिबेशमा वर्णको सिँगौरीबाट आक्रोसित समाजलाई उनको सुवासित सुमधुर वाणीले शीत्तलता छरिदिन्थ्यो । अर्थात विवादको आगो निभाउने पानीको काम गरिरहेको हुन्थ्यो । यसरी उसको बर्षेनी डेरा सर्ने क्रमले गर्दा एक ठाऊँमा जोडेका सामानहरु (फर्निचरादि) अर्को ठाउँमा सर्दा करीब पच्चीस प्रतिशत नष्ट भएकै हुन्थ्यो । ऊ आफनो वाक पटु गफ छरेर केहीलाई प्रभावमा लिएर गन्ने मान्ने कहलिए तापनि उसको दम्भी मनोवृति,अस्थिर बानी व्यवहार र छुद्र शब्दवाणले उसलाई स्खलित पारेर धूलोमा लडाइरहेको थियो । भित्रभित्रै चिप्लिदै,स्खलित हुदै, नांगिदै,तिरस्कृत हुदै गएको अवस्था उसलाई पत्तै हुन्थेन । सम्मुखमा जे भने तापनि ऊप्रति सहानुभूति,सल्लाह र सहयोग गर्न चाहने मान्छेका मनहरु त्यसै त्यसै कुण्ठित हुन्थे । बितृषित भएर ।

उच्च आडम्बरी जीवनशैलीमा जिउन चाहने तर डेरा खर्चले आर्थिक पारो उभो लाग्न नसकेको ऊ अभाव र अपमानको दलदल्मा दिनानुदिन भासिदै थियो । उसको जिन्दगीमा अभिमानले उछार(मुक्ति) पाउन त सकेको थिएन नै त्यही अभिमानको अँध्यारो बादल उसको मनबाट फाट्न नसकेकोले अन्तमा असफलताको गर्तमा भासिईरहेको थियो ।

 

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ११ : ५० बजे

वैदेशिक रोजगारीको पीडा : ११ महिनापछि बाकसमा फर्किएकी तिलमाया

नवलपुर । मङ्गलबार बिहानको मधुरो घाम लाग्दै गर्दा नवलपरासी (बर्दघाट

पूर्वमुख्यमन्त्री शाक्य ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मानित

काठमाडौँ । वागमती प्रदेशका पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई नेपाली नारीको उत्थानका

बुबा र दाजुबाट यौन दुर्व्यवहार : महानगरको प्रतिवेदन बन्यो जाहेरी

काठमाडौं । काठमाडौँ महानगरपालिकाका बाल मनोविज्ञ र समाजसेवीबाट बालिका दुर्व्यवहारका

परराष्ट्रमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच द्विपक्षीय वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा