२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नयाँ बर्ष लाग्दै गर्दा नेप्से नयाँ उचाइमा, बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब



काठमाडौ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । लगातार उकालो लागेको नेप्से वृद्धि क्रम आज पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब दुई हजार ७०० को यात्रा तय गरेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर रु सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोवार भयो ।

सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन ९जिडिपी०को हाराहारी हो । कारोवार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर ओरालो लागेको छ भने सात उपसमूहको शेयर उकालो लागेको छ । बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ । यस्तै, व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ बिन्दुले उकालो लागेको छ ।

कारोवारका आधारमा आज एनआइसि एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु २५ करोड सात लाख १८ हजार ४७६ कारोवार भयो । यस्तै, नविल बैंक रु २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक रु २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक रु २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक रु १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा एनआइसि एशिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए । यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, यूनाइटेड मोदी ३.६५, यूनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ५ : २५ बजे

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई