५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

जवाफदेहिता र उत्तरदायित्वमा नेताहरु चुकेको दाबी



बुटवल । लुम्बिनी प्रदेश सभाका नेपाली काग्रेसका प्रमुख सचेतक फकुरुदिन खानले जवाफदेहिता र उत्तरदायित्व एकले अर्कालाई दोष थोपरेर नागरिकहरुको समस्या प्रति संवेदनसिल बन्न नसकेको दाबी गरेका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको १० औ चार्टर नाईटको शुक्रबार उद्घाटन गर्दै देशको राजनितिक स्थिरताबाट विकास र सम्बृद्धि आउने भन्दै राजनितिक मुद्दालाई वार्ता र सम्झौताबाट टुग्याउन सुझाव दिए । पछिल्लोसमय सिमा क्षेत्रमा निक्कै समस्या देखिएको भन्दै कच्चापदार्थ बाहेकका सवारीले नेपाल प्रवेश नपाएको वर्तमान अवस्थामा धेरै कठिनाई भइरहेको उनले बताए ।

कोभिड-१९ का कारण देखाउदै सिमामा कडाई गरिदा पर्यटकहरु भित्रनाबाट रोकिदा यसले पर्यटन ब्यवसाय धरासायी हुने अवस्थामा पुगेको उनले दुखेसो गरे ।सुधारका धेरै कार्यक्रमहरु चलाउन जरुरी रहेको उनले बताए ।

कार्यक्रमममा क्लबका पुर्वअध्यक्षहरुलाई मायाको चिनोबाट सम्मान गरिएको थियो । क्लबका अध्यक्ष गोपाल ज्ञवालीले यस क्षेत्रमा क्लबबाट वर्षभरि नै नया र नमुना काम गरेको बताए ।

कार्यक्रममा राटरी जोन २१ का एजी हरि प्रसाद पौडेल, जोन १९ एजी खिमानन्द भुषाल, रोटरी क्लब अफ तिनाउ बुटवलका अध्यक्ष ज्ञानोधारा पन्त, पुर्व अध्यक्ष नवीन श्रेष्ठ, ओम प्रसाद अर्याल, पुर्व अध्यक्ष ओम प्रसाद अर्याल, बालकृष्ण अर्याल, ईलेक्ट प्रेसिडेन्ट विष्णु चापागाई, सचिव दिपक भट्टराईले समाज परिवर्तनमा काममा सामाजिक संघसंस्थाहरुको भुमिका महत्वपूर्ण रहेको बताए ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  १२ : ४० बजे

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाका

सरकार परिवर्तनको हल्ला असत्य हो : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित

पुल्चोक-गोन्द्राङ सडक बनाउन भरतपुर महानगरको ठुलो योगदान छ : रेनु दाहाल

भरतपुर, ५ बैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास

संविधानविरोधी गतिविधि स्वीकार्य छैन : गृहमन्त्री लेखक

गण्डकी । गृहमन्त्री रमेश लेखकले संविधानविरोधी गतिविधि स्वीकार्य नभएको बताएका

विराटनगर एमालेमा ओली पक्ष पराजित

विराटनगर। नेकपा एमाले विराटनगर अधिवेशनमा अध्यक्ष केपी ओली पक्षधर पदाधिकारीमा