८ मंसिर २०८१, शनिबार | November 23, 2024

प्रकृति र अधिकार



बिश्व चराचर जगतको आदिकी पनि आदि शक्ति हुन् प्रकृति । जसमा सारा चराचर जगत अडिएकोछ र उनैद्वारा सञ्चालन भएकोछ । त्यसैले प्रकृति पृथ्वीका यावत प्राणी कसैलाई अन्याय,अत्याचार र हिंसा भएको उनी सहन्निन् । बर्तमानमा यो पृथ्वीमा भएको अत्यन्त,चरम उद्दण्डता,अन्याय,अत्याचार,भ्रष्टाचार,हत्या,हिंसाले बिकराल रुप लिएकोमा असैह्य भएर उनले यहाँका आदि पिढीलाई जगाएर नव पिढीलाई भनिन्—
“ए युवाहरु ! यहाँ मेरो नीति विपरित ज्यादै अजैवीक,अमानवीय कामहरु भईरहेकाछन् । जताततै रगतै रगत छताछुल्ल भएकाछन् । लुछाचुण,माराकाट,अरुको अधिकारमा हनन् गरेर अन्याय,अत्याचार,हत्या,हिंसाले पानी रक्तमय भएको देख्छु ,हत्या हिंसाका साधन हतियारका आवाजहरु मात्र सुन्छु म । यो अत्याचार रोक्न कुनै उपाय गर्न सक्तैनौ तिमीहरु ? यस्तो के भएको हो हँ?”
आश्चर्य मान्दै युवक बोल्छ—“कुरा त निकै भावुक आयो कहाँबाट को बोल्नु भाको?”
प्रकृतिले असैह्यता विछाउदै भनिन—“म अदृश्य प्रकृति हुँ । यसरी मारामार गरेर समाजलाई त्रसित, भयभीत र कोलाहलमय बनाउन तिमी मानवहरुलाई मैले जन्माएको हो ”?
फेरि सहमति जनाउदै युवती बोलिन्—“पक्कै होइन । तर के गर्ने एकथरी मान्छेहरु नै यही चाहन्छन् । तपाई नै भन्नुस माते हामी युवाहरुको काँधमा तपाई के जिम्मेवारी दिन चाहनु हुन्छ?”

गणेशबहादुर जीसी

प्रकृतिले युवाहरुलाई सचेत पार्दै भनिन्—“सुन युवाहरु ! तिमीहरुलाई मेरो सन्देश । मानव समाजमा बीचको पिढी देखिनै अधिकार हनन्को सिलसिलाबाट होडबाजी चल्दा चल्दै उठेको यो हिंसात्मक विपत्ति पराकाष्ठामा पुगिसकेको छ । यो सबै मानव अस्तित्व माथि नै पर्न आएको गम्भीर संकटको स्थिति हो । अब तिमी युवाहरुको काँधमा म जिम्मेवारी दिन चाहन्छु । युवाहरु सचेत नभएकै कारण यी बिकृतिहरु जन्मिएका हुन । अब सच्याउने काम पनि तिमीहरुकै काँधमा छ । तिमी युवाहरुले आफू सचेत भएर यसलाई यथा समयमै नियन्त्रण गर्नतिर लागेनौ भने ध्वंस हुनेछ,कुनै दिन मानव अस्तित्व । अनि पृथ्वीमा मेरो के औचित्य ? तिमीहरुलाई संरक्षण गर्न पो पैदा गरेकी हुँ ध्वंस गर्न हो र ?अब तिमीहरुले केही चिन्तन मनन गरेर सकारात्मक चेतना फैलाई समस्या सुल्झाउने अभियानमा छिटै जुट,खारिएका बृद्धहरुलाई साथ लिएर । अन्यथा अनिष्ट हुनेछ,यो ब्रह्माण्डमा । ”
अभियानको क्रममा हिडेका युवक युवतीद्वयले लठ्ठी टेकेर हिडीरहेका बृद्धबृद्धालाई भेटे । बा आमा कता जान लाग्नु भएको हो ?भनेर कुराको औपचारिकता खोल्दा बृद्धले भने—“हामी आफनै बाटो हिडिरहेका छौं बाबु,नानी । अब धेरै टाढा पुगिन्न होला,गन्तव्य आइसकेको जस्तो छ । यानी कि सबै मानवको गन्तव्य ,जो जन्मेपछि स्वतः सोझिएको हुन्छ । अनि तिमीहरु कता हिडेका हौ नि ?”
युवकले भन्यो—“हामी सचेतना अभियानमा हिडेका हौं । हाम्रो समाजमा भएको चरम विकृति,विसंगतिले प्रकृतिमातालाई हल्लाएर असैह्य पारेछ र हामीलाई केही गर भनी आकाशबाणी भयो । तपाइहरु जस्ता बृद्धहरुको सल्लाह लिनु भन्नु भएको छ प्रकृति माताले । बाआमाहरुको नाम के के प¥यो होला यसो.. जान्न पाइएलाकि ?”
बृद्धले आश्चर्य मान्दै जवाफ दिए—“हाम्रो नाम मान्छे हो फगत पुरुष मान्छे र नारी मान्छे । मेरो नाम पुरुष हो । हामी भन्दा धेरै पछिकाले त के के जात पनि थपेका छन क्यारे । हामीलाई मनुष्य वा मानव पनि भनिन्छ । धर्तिमा बलको भरमा अरुलाई कज्याउन,बसमा लिई परिचालन गर्न पछिकाले अनेक जात बनाएका होलान । यथार्थमा प्रकृतिले बनाएको यति नै हो । बुझयौ त ? अनि अहिले तिमीहरुले अरु नाम राखेका भए के हो नि तिमीहरुको नाम?”
युुवकले भन्यो—“मेरो नाम प्रभात हो बा ।”
युवतीले भनी—“मेरो नाम दिवा ।”
प्रफुल्ल हुँदै बुढाबाले भने—“आहा कति राम्रो नाम रहेछ ,प्रभात र दिवा । विहानी र त्यसपछि आउने दिवा । लिङ्गको नाम हुनु त राम्रो हो । तर त्यसपछिको जात भनेको विखण्डनकारी हो ।”
युवतीले बृद्धालाई सोधी—“त्यसो भए आमाको नाम नारी होला हैन?”
बृद्धा बोलिन—“हो नानी मेरो नाम नारी हो । पृथ्वीमा मानव जातिको बीजारोपण गर्न प्रकृतिले खटाएकी पुरुषसंगै म स्त्री । तर पुरुषले मानव उत्पत्तिको श्रेय आफूले मात्र लिन खोज्छन् । अगि सरेर नबोले त नारीको नामै गुमनाम गर्न खोज्छन् । कत्रो प्रसव पीडा सहेर पैदा गरेको कुरालाई गुमनाम गर्न खोज्छन्,मेरो अधिकार हनन् गर्न खोज्छन् ।”
युवतीले पुनःबृद्धलाई भनी– “तपाई पुरुषहरुले नारीको हक हनन् गर्नु भएको हो बाजे?”
बृद्धले भने—“मिथ्या,सब मिथ्या । हामीेले त्यसो कहिल्यै गरेनौं । बरु हामी भन्दा पछिका छट्टुहरुले नै रोल मिच्ने कामहरु गरे । स्वार्थी भएर निस्के । हामीले मानवताको पाठ सिकायौं,पछिकाले त्यसलाई रुढगत परम्परा भनेर पन्छाए । हामीले सत्य,असत्य छान्ने क्षमता राखेर सत्यकुरा छोडनु हुन्न,मिथ्याकुरा छुनुहुन्न भन्यौं,पछिकाले ‘जो हात त्यैसाथ,आफनो हात जगन्नाथ’ गरे । आफनो चाहना पूरा गर्न जेसुकै पनि गर्नुपर्छ अन्यथा पछि परिन्छ भन्ने गलत संस्कृतिको थालनी गरे । लौ हेर त बाबु,बरु परिस्थितिलाई समय सापेक्ष सकारात्मक हुने गरी परिमार्जन र सुधार गर्दै लैजानु पर्ने एउटा प्रमुख कुरा भयो तर झन बिकृति तिर पो लगे,नयाँहरुले । त्यसमा हाम्रो के दोष ?
युवती दिवाले भनी—तपाई पुरुषले नारीलाई ज्ञानगुनका कुरा सिक्न र बलशाली काम गर्नबाट बन्चित पार्नु भयो रे,पुरुषको आज्ञा बेगर कतै चल्न नपाउने दासी,भोग्या बस्तुको रुपमा नियन्त्रणमा राख्नु भयो रे ?
बृद्ध पुरुष भन्छन—“मिथ्या,यो पनि मिथ्या कुरा । हामीले सुरुमै नारीलाई सम्मानित स्थानमा राख्यौं । उहिले घरको सारा हालिमुहाली हाम्री आमाको हातमा थियो ,बाहिरका सारा गह्रुंगा कामहरु जति हामी पुरुषले गथ्र्यौं । नारीले फगत घर भित्रको हल्का कामहरु मात्र गर्थे । पछि उनीहरु नै पछिहटेकोले पुरुष अगि सरेका हौं । पछिका पुर्खाले मात्र धर्म नामका अनेक कुसंंस्कार बनाएर नारीलाई पछि पार्ने,अपमान गर्ने कामहरु गरे होलान् ।
युवक प्रभात–“त्यसमा तपाइको भनाइ केछ बुढीआमा?
बुढीआमा भन्छिन—“यी पुरुषले भनेको कुरो ठीकै हो । उहिले हाम्रो पालामा पुरुषहरु बाहिरतिरका बलशाली काम गर्थे,हामीहरु भित्रको हल्का कामहरु गथ्र्यांंैंं । पछिकाले सबै अधिकार आफना हातमा लिएर नारीलाई जेमा पनि पछि पार्न थाले बल र अधिकार लादेर । दासी बनाउन थाले । भोग्याबस्तुको रुपमा मात्र प्रयोग गर्न थाले । प्रसव बेदना सहेर सन्तान जन्माउने र आफूबाट जन्मेका सन्तानलाई आफनो मुटुको टुक्रा सरह माया दया दिएर हुर्काउने आइमाइलाई आखिरमा पुरुषहरुले हेप्नसम्म हेपेको सत्य हो ।

मानव अधिकारका कुरा पछि बनस्पतिले पनि आफनो मोहियानी अधिकारको माग तेर्सायो —“पञ्च भौतिक तत्वमा हामी वनस्पतिलाई पनि मोहियानी हक चाहिन्छ ,यहाँ कसैले एकछत्र भोग गर्न पाइदैन जताततै कंक्रिटको जङ्गलले ढाक्न लागेपछि हामीहरु कहाँ बस्ने? अलिअलि गर्दा गर्दा हामीलाई हाम्रो पृथ्वीबाट बिस्थापिता गर्ने प्रयास मानवहरुबाट भैरहेको छ , यदि मानवले हामीमाथि अन्याय गर्ने हुन्भने हामी पनि भौतिक तत्वको श्रोतमै रोक लगाइदिन्छौं । अनि उर्जाबाट बनाएको नक्कली भौतिक तत्वको भरमा कसरी उनको जीवन गुजारा हुँदो रहेछ हामी पनि हरौंला नि” ।
स्वभावतः बनस्पति पनि जैवीक तत्व भएकोले उसमा पनि पञ्चभौतिक तत्व —हावा,पानी,माटो,ताप र आकाश —आवश्यक पर्दछ ।

बृद्धले थपे—“हो हो हामीलाई जस्तै पञ्चभौतिक तत्व पशु र वनस्पतिलाई पनि चाहिन्छ जिउनको लागि । हामी पनि तिनै तत्वबाट बनेका हौं । हाम्रो आधारभूत तत्व तिनै हुन ”।
फेरि वनस्पतिले थप्यो—“पृथ्वीमा मान्छेले मात्र एकलौटी बनाउन पाइन्न । हामी जैवीक प्राणीका लागि सास फेर्ने बायु,भोजन गर्ने जरा फैलाएर बस्ने मलिलो माटो,पिउने पानी घामिलो ताप, र ओतको लागि आकाश चाहिन्छ । अनि रोग निको पार्ने औषधी पनि चाहिन्छ । त्यसैले साठी प्रतिशत हक हामीले पाउनुपर्छ ।”
बृद्धले फैसला गर्ने क्रममा भने—“हो,बनस्पतिले भनेको ठीक हो,किनकी ऊ पनि जैवीक प्राणी भएको र मान्छेलाई प्रत्येक्ष परोक्ष रुपमा महत्वपूर्ण सहयोग गर्ने भएकोले र उसलाई पनि हावा,अग्नी,पानी र माटो र आकाश चाहिन्छ । अझ छिटो हुर्कनको लागि पोषिलो मल पनि चाहिन्छ,जसरी मान्छेलाई तागतिलो खुराक चाहिए झैं । मान्छेका लागि स्वच्छ वायु,अग्नी,जल,थल र आकाशको साथै औषधीमुलो र थप बस्ने घर,लाउने लुगा तथा दृष्टि स्वादन गर्ने सौन्दर्य पूर्वाधार आदि सबैथोक बनस्पतिबाटै पाइन्छ । अझ मानिसको लागि बनस्पति त जीवननै हो अनिवार्यआधारभूत तत्व । अझ मानिसलाई पछिपछि हिड्नको लागि यातायात साधन र अरु के के पनि चााहिएला । वनस्पतिले बातावरणमा भएको फोहोर दुर्गन्धित, बिषादी तत्वहरु शोषण गरेर स्वच्छ बायु मान्छेलाई दिन्छ । त्यसैले त्यसमा उनीहरुको मोहियानी हक लाग्ने स्वभाविक हो । अनि पो उसले मान्छेका लागि जीवन उत्सर्ग गर्न सक्छ । वनस्पतिले मान्छेलाई स्वस्थ रहने,पोषिलो खाना र जीवनदायी औषधी दिनसक्छ । यही हो उसबाट मान्छेले पाउने जीवनको महत्वपूर्ण सहयोग यो मात्र हैन मान्छेको लागि पशु पाल्ने घाँस,भोजन पकाउने,दाउरा घर बनाउने काठ आदि पनि चाहिन्छ ।
वनस्पतिसंग छलफल हुँदा हुँदै पशु आइपुगेर आफनो माग राख्यो, युवाहरुसंग—“प्रकृतिले दिने पञ्चभौतिक तत्वमा हामी गगनचर,स्थलचर,जलचर र उभयचर पशुहरुलाई पनि मोहियानी हक चाहिन्छ । अनि मान्छेहरुको घरमा बस्ने पशुहरुमा बधुवा मजदुरहरुको सुरक्षा र खाद्य हक चाहिन्छ । ” ।
युवकले जिज्ञासा राख्दै भने—पञ्चभौतिक तत्वको प्रदाता मान्छे हैन,प्रकृति हो । त्यो प्रकृतिमाताबाट पाउनुहुन्छ,जो मानवले पाउछ । अनि मान्छेहरुबाट तपाईहरु सुरक्षा र खाद्य पाउनुहुन्छ । यसमा अन्याय हुनेछैन । जंगलमा भएको भए हिंसक अरु पशुहरुको सिकार छिटै हुुनु पथ्र्यो होला शायद । मान्छेको घरमा तपाईहरु सुरक्षित महसुस भएको छैन ?
बृद्धले भने—त्यो त हो । तर यता सुन बाबु,..गगनचर,स्थलचर र जलचर उभयचर प्राणीहरुः– घरपालुवा,जङ्गलबासी हिड्ने चार खुट्टे ठूलादेखि साना साना विभिन्न स्थलचर हिड्ने र उड्ने विभिन्न जीवहरु,गगनचर विभिन्न पन्छीहरु, जलचरका माछा,गोहीदेखि लिएर विभिन्न जीवहरु, उभरचर पानी र पाखामा हिड्ने सर्प,भ्यागुता आदि गनेउला आदि ठूलादेखि साना साना विभिन्न जीवनहरु आवश्यक र अनावश्यक भए पनि यी अधिकांश जीवहरु आहारा र अन्य उपयोगको लागि समेत मानिसको जीवनसंग परसम्बन्धित बस्तुमा पर्दछन् । त्यसैले यी सबैलाई संरक्षण गर्नु चेतनशील मान्छेको नैसर्गिक कर्तव्य भित्र आउँछन् ।
पशुले प्रष्ट पार्न खोज्दै भन्यो—त्यो पञ्चभौतिक तत्वहरु हावा,माटो,जल, वनस्पतिबाट पाउँला तर बधुुवा पशु हक चाँही मान्छेबाटै पाउनु प¥यो नि पशुलाई बधुवा बनाएपछि । अनि सुरक्षाको कुरा गर्नु भयो । मान्छेबाट हामीले सुरक्षा र असुरक्षा दुबै पाएका छौं । जंगलमा भएको भए हिंसक पशुको शिकार होइन्थ्यो होला, तर जति बाँचिन्छ त्यति उन्मुक्तिपूर्वक खान खेल्न त पाइन्थ्यो नि? मान्छेको घरमा बधुवा हुनु पर्दा कसैले उनीहरुको काम गरे बापत खान त पाइन्छ,त्यो पनि कसैले पेटभरि खान दिन्छन भने कसैले अलि अलि खुवाएर बेस्सरी काममा दलाउछन् । कोही खानको लागि पालिएका पशुहरुलाई असमयमै हत्या गरिन्छ ,निर्ममतापूर्वक । यसरी माया गरेर पालेर असमयमै हत्या गर्न पाइन्न, एउटा कुरा । अर्को कुरा काममा जोत्ने पशुलाई काम गर्न सकुन्जेल पाल्ने र खाना खान दिने,तर अशक्त भएपछि खानै नदिई लघारिदिएर अन्याय गर्न पाइन्छ ?अनि दूध दिने पशुहरुलाई उसको बच्चाले राम्रोसंग दूधै खान नपाउदै मुखबाट छुटाइदिइन्छ । यो कस्तो अन्याय हो । कमसे कम आधा पेट त खान दिनुपर्छ । हामी पशु बलशाली भएर पनि मान्छेको बुद्धिको नियन्त्रमा परेर कतिपयले अन्याय भोगिरहनु परेकोछ । हाम्रो पनि बधुवा हक सुरक्षित हुनुपर्छ मानव विधिमा ।
दिवाले जिज्ञासा राख्दै भनिन्—“अवको भौतिकवादी जमानामा पशुको पनि अधिकार हुन प¥यो । ठीकै हो । त्यसको व्यवस्था समय सापेक्ष विधिगत हुनुपर्छ ।”
युवा प्रभातले फैसला सुनाउने शैलीमा भन्यो—“निश्चित पनि यो भूमण्डलमा भएका यावत जैवीक प्राणीमा परस्पर अन्तर सम्बन्धित रहेछन । त्यसैले तत् तत् अधिकार सबैले पाउने व्यवस्था हुनुपर्छ विधानमा । मानव प्राणीलाई गास,बास,कपास,स्वास्थ्य,शिक्षाको साथसाथै स्वतन्त्र ,उन्मुक्ति र शान्तपूर्वक चलखेल गर्न पाउने अधिकार हुनुपर्छ । भेदभाव र दासताको संस्कृति बिलकुल हुनु हुदैन,जसमा पुरुषले नारीमाथि लादिएको हुन्छ । वनस्पतिलाई पूर्ण रुपमा हुर्कन,फुल्न,फक्रिन र छिप्पिन पाउने वनस्पति अधिकार हुनुपर्छ । भौतिक विकासले जताततै कंक्रिटै कंक्रिटको जंङ्गल भैदिएपछि वनस्पतिको बास कहाँ हुने ? मानववस्तीमा आवश्यक सुविधायुक्त बासस्थान भए तापनि पर्यावरको लागि बीच बीचमा वनस्पतिको बास पनि हुनैपर्छ । यो वानस्पत्य अधिकार हो ।
त्यस्तै पशुहरुमा पनि हुर्कन,छिप्पिन र स्वतन्त्रपूर्वक पेटभरि खान पाउने पूर्ण अधिकार हुनुपर्छ । मानिसको घरमा बधुवा हुने पशुहरुमा पनि पेटभरि खान,उमेरभरि बाँच्न,सफा ठाउँमा बस्न,बिरामी भएमा स्वास्थ्योपचार पाउने पशु अधिकार हुनुपर्छ हैन त बुढा बा ?
अन्तमा बृद्धले सन्तोष मान्दै भने—हो स्याबास बाबु बल्ल मेरो मनको कुरा ग¥यौ तिमीले । मेरो एउटा कुरा विज्ञासा छ ।
त्यो मान्छेको स्वतन्त्र भन्यौ नि हो,स्वतन्त्र त हुनैपर्छ,स्वतन्त्र भएमा मान्छेले बुद्धिका कुरा धेरै गर्न सक्छ । तर स्वच्छन्द भयो भने मान्छेको मति झन बिग्रिन्छ है बाबु । यसमा विचार सबैले विचार पु¥याउनु पर्छ ।

 

 

 

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ९ : ३८ बजे

गोरखाको द्रव्यशाह क्याम्पसमा दुनाटपरी गाँस्ने तालिम

गोरखा । द्रव्यशाह बहुमुखी क्याम्पसले क्याम्पसमा अध्ययनरत छात्राहरुलाई दुनाटपरी गाँस्ने

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५

राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ । धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

हुम्ला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार