१० मंसिर २०८१, सोमबार | November 25, 2024

चहराइरहने एउटा घाउ : तलाक माग्दा एसिड प्रहार



जनकपुरधाम । श्रीमानको झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन । मुद्दा लिएर अदालत पनि गइन ।

कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन । तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे ।

एसिडले आरतीको आधा शरीर जल्यो। एउटा आँखा कामै नलाग्ने भयो । मुख, हात र घाँटीमा गहिरो घाउ लाग्यो । उनलाई अहिले असह्य पीडा छ । औषधि, राम्रो उपचार र पौष्टिक खानपानको आवश्यकता छ । तर, आर्थिक विपन्नताका कारण तीन वर्षकी छोरी रियासहित छाक टार्नै धौधौ देखिएको छ ।

तीन महिनाभन्दा बढी उपचारपछि जनकपुर फर्किएकी आरतीलाई चिकित्सकले निरन्तर औषधोपचारको आवश्यकता रहेको बताएका छन । तर, गरिबीले ग्रस्त उनको परिवारले उपचारलाई निरन्तरता दिन सक्ने अवस्था देखिँदैन । ‘उनको उपचार, खानपान र रेखदेखमा लाखौं रुपैयाँ खर्चेर अहिले ऋणमा डुबेको छु’, बुवा सुबोधले भने, ‘अहिले भाडाको घरमा दुई हजार रुपैयाँ छुट्टै तिरेर छोरी र नातिनीलाई राखेको छु । त्यसमाथि खानपिन र औषधि जोड्न साह्रै अप्ठ्यारो भएको छ ।’

प्रदेश २ सरकारले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आरतीलाई मधेस भवनमा बोलाएर सम्मान गर्‍यो । तर, उनको उपचार वा जीवनयापनका लागि कुनै सहयोग नगरेको सुबोधले बताए । उक्त समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ७ : १५ बजे

सभामुख घिमिरे र कम्बोडियाका प्रधानमन्त्रीबीच भेट, लुम्बिनी–अंगकोर सिधा हवाई उडान सुरु गर्न पहल

काठमाडौं । पाँच दिने कम्बोडिया भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले

एनपीएलले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)

चीन भ्रमणका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग प्रधानमन्त्रीले गरे छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणबारे पूर्वप्रधानमन्त्रीहरु र

पासपोर्ट सेवा पूर्णरुपमा सञ्चालनमा आउन अझै दुई साता लाग्ने

काठमाडौँ । पासपोर्ट सेवा पूर्ण रूपमा सञ्चालनमा आउन अझै कम्तिमा

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले रोल्पाको होलेरीमा सेवा विस्तार