१३ माघ २०८१, आइतबार | January 27, 2025

त्रिदेशीय कप फुटबल प्रतियोगिताको फाइनलमा आज नेपाल र बंगलादेश भिड्दै



काठमाडौं । काठमाडौंमा जारी त्रिदेशीय कप फुटबल प्रतियोगिताको आज फाइनल खेलमा नेपाल र बङ्गलादेश भिड्ने भएका छन् ।

काठमाडौंको दशरथ रङ्गशालामा आज साँझ ५ः३० बजे हुने फाइनल खेलमा घरेलु टोली नेपालले कीर्गिस्तान र बंगलादेश दुबैसँग गोलरहित बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो भने बंगलादेशले पहिलो खेलमा कीर्गिस्तानलाई १(० र दोस्रो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको थियो।

प्रतियोगितामा नेपाल दोस्रो स्थानमा रहँदै फाइनल पुगेको हो । त्यस्तै बङ्गलादेश शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।

आजको खेलमा नेपाल उपाधि जित्ने योजनामा छ । लिग चरणको यसअघि भएको खेलमा नेपाल र बङ्गलादेशले गोलरहित बराबरी खेलेका थिए । त्यस्तै नेपालले पछिल्लो ७ अन्तर्राष्ट्रिय खेलमा गोल गर्न सकेको छैन।

नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले आफूहरुको ध्यान स्कोरमा रहने बताए। प्रतियोगिताभर स्कोर गर्न नसकेको स्वीकार्दै उनले यसअघि पनि प्रयास गरेको भए पनि आजको खेलमा प्रयासलाई नजितामा निकाल्ने योजना रहेको बताए।

बङ्गलादेशका मुख्य प्रशिक्षक जेम्स डेले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताएका छन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले फाइनलमा टिमको मुख्य लक्ष्य गोल गर्दै उपाधि जित्नु रहेको बताएका छन ।

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार  ८ : ४४ बजे

मोर्चाले आफ्ना नीति तथा कार्यक्रममा समाजवादी प्रणालीलाई प्राथमिकतामा राख्ने

काठमाडौँ । समाजवादी मोर्चाले आफ्ना नीति तथा कार्यक्रममा समाजवादी प्रणालीलाई

कङ्गोमा परिचालित सबै नेपाली शान्ति सैनिक सुरक्षित छन् : सेना

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा अफ्रिकी मुलुक कङ्गोमा परिचालित सबै

विभिन्न कार्यक्रम गरी मनाइयो भारतको ७६औँ गणतन्त्र दिवस

काठमाडौँ । भारतको ७६औँ गणतन्त्र दिवस यहाँस्थित भारतीय दूतावासले विभिन्न

प्रादेशिक महोत्सव चौथो दिन : उद्यमशीलता र व्यवसाय प्रवर्द्धनमा भन्दा मनोरञ्जनमा केन्द्रीत

नेपालगन्ज । नेपालगन्जमा जारी प्रादेशिक महोत्सव उद्यमशीलता र व्यवसाय मैत्री

करोडको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले