२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

‘राष्ट्रवादी’ ओली सरकारमाथि कांग्रेस सांसदको प्रश्न : दार्चुलामा भारतले अतिक्रमण गर्दा सरकार किन मौन ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदले भारतले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गर्दा पनि सरकार मौन बसेको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको बैठकमा समय माग गरेर सम्बोधन गर्दै काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भारतद्वारा दार्चुलामा नेपाली भूमिलाई आफ्नोमा पार्ने गरी तटबन्ध निर्माण भैरहेको तर सरकार त्यसबारे एक शब्द पनि नबोलेको भन्दै आक्रोश व्यक्त गरेका हुन् ।

बडुले दार्चुला सदरमुकामस्थित गल्फै गाउँमा नेपालको अनुमति विना भारतले एकतर्फी तटबन्ध बनाइरहेको जनाकारी गराउँदै त्यसलाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण पनि गराए । यसबारे पटकपटक ताकेता गराउँदा पनि गृहमन्त्रालय र सरकारले भारतीय हस्तक्षेपलाई मौन समर्थन गरिरहेको छ ।

बडुले भने, ‘नेपाल सरकारको जानकारीबिना भारतले एकतर्फी ढंगले नेपाली भूमि आफूमा समेटेर तटबन्ध बनाइरहेको छ । त्यसबारे हामीले भारतका एसडीएम र डीएमसँग भनियो तर कुनै सुनुवाइ भएको छैन । जनताले पटकपटक विरोध गर्दा पनि केही जवाफ आएको छैन । गृहमन्त्रालयमा पटकपटक ताकेता भएको छ तर नेपाल सरकार मौन समर्थन गरिरहेको छ ।’

भारतीय तटबन्धका कारण नेपालको ३५ हेक्टर भूमि भारततिर जानलागेको बडुले बताए । भारतले नेपालभित्रको जिल्ला अस्पताल, सामुदायिक वन क्षेत्र मन्दिर र अन्य सरकारी कार्यालय भारतीय भूमिमा जान लागेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

सांसद बडुले गृहमन्त्रालय र परराष्ट्रमन्त्रालयले कुनै जिम्मेवारी पुरा नगरेको आरोप लगाए । उनले तत्कालै नेपाली भूमिमाथि भैरहेको भारतीय निर्माणकार्य रोक्न माग गरे ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १ : ५८ बजे

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको

प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश र स्थानीय

अनुदान दिएर उद्यम प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका

इलाम । कतारमा १४ वर्ष ‘एसी टेक्निसियन’को भूमिका निर्वाह गरेर