१० मंसिर २०८१, सोमबार | November 25, 2024

भारतबाट फर्कनेहरुमा संक्रमण पुष्टि, नेपालमा चरम लापरवाही



काठमाडौं । छिमेकी मुलुक भारतमा दोस्रो चरणको कोरोना संक्रमण फैलिएपछि नेपालमा पनि जोखिम बढेको सरोकारावालाले औंल्याएका छन ।

आइतबार भारतबाट नेपाल आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखा प्रमुख डा. कृष्ण पौडेलका अनुसार पश्चिम नाकाबाट नेपाल प्रवेश गरेका एक नेपालीमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

भारतमा कोरोना संक्रमण दर बढे पनि नेपालले खासै तयारी नगरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीको भनाइ छ । जोखिम रोक्न सीमानाकामा अपनाउनुपर्ने प्रभावकारी संयन्त्र र मुलुकभित्रै अपनाउनुपर्ने जनस्वास्थ्य मापदण्डमा लापरवाही भइरहेको देखिएको उनले बताए ।

‘बसभित्र मास्कको प्रयोग भएको देखिँदैन, सडकमा पनि मानिस खुलेआम हिँडेको देखिन्छ,’ उनले चिन्ता प्रकट गरे, ‘अन्तर्राष्ट्रिय विमानस्थलमा समेत लापरवाही छ । जोखिममा रहेका देशबाट आएका पर्यटकलाई समेत होटल क्वारेन्टिनमा नराखी सीधै समुदायमा जान दिएको पाइएको छ ।’ भारतमा दोस्रो चरणको कोरोना फैलिएको र कतिपय राज्यमा लकडाउनसमेत भइसकेको छ । त्यहाँ कार्यरत नेपाली घर आउँदा संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । उक्त समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७७, सोमबार  ७ : ०७ बजे

‘पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै’

पाल्पा । यहाँका युवा व्यवसायीले दोहोरो कर तिर्नुपर्दा समस्यामा परेको

चीन भ्रमणमा जानु अघि सरोकारवालासँग छलफल गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा

तोकिएकाभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको प्रचारका क्रममा तोकिएकोभन्दा बढी सवारीसाधन

एनपीएलको उपाधि जित्ने लक्ष्यमा ‘काठमाडौं गोर्खाज’, कस्तो छ टिम ?

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको नेपाल प्रिमियर लिग

बादी समुदायको पुर्ख्यौली पेसा सङ्कटमा

रामेछाप । मन्थली नगरपालिका-७, खनखनेका जब्बरबहादुर बादी ६० वर्षको भए