२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूत शाहबीच भेटवार्ता



काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र पाकिस्तानी राजदूत सायद हैदर शाहबीच भेटवार्ता भएको छ ।

नेपाली सेनाको मुख्यालय जङ्गी अड्डा भद्रकालीमा भएको भेटवार्तामा दुई पक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ ।

यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

पाकिस्तानी राजदूत शाहले आजै गृहमन्त्री रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ५ : ३१ बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने