३० कार्तिक २०८१, शुक्रबार | November 15, 2024

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले गर्यो अर्थमन्त्रीको ध्यानाकर्षण



काठमाडौ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले बजारमा सुनको कृतिम अभाव भई अवैध कारोवार बढेकाले सहज आपूर्तिको व्यवस्थापन गर्न माग गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण गराएको छ । सङ्घका अध्यक्ष रमेश महर्जनको नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री पौडेललाई भेट गरी बजारमा सुनको मागअनुसारको आपूर्ति हुन नसक्दा यस क्षेत्रमा प्रतिकूल असर परेको जानकारी गराएको हो ।

साविकमा दैनिक २५ केजी सुन बिक्री वितरण हुँदै आएकामा कोभिड–१९ का कारण गत वर्ष चैतको पहिलो हप्तादेखि नै दैनिक १० केजीमा आयात झारिएकामा हाल अर्थतन्त्रका सबै क्षेत्र सामान्य अवस्थामा आइसकेकाले सुनको दैनिक कोटा वृद्धि गर्न ध्यानाकर्षण गरिएको छ ।

मागलाई धान्नै नसक्ने गरी अव्यावहारिक किसिमले आपूर्तिलाई नियन्त्रण गर्दा अवैध गतिविधि बढ्ने तथा राजश्व चुहावट हुने भएकाले वर्तमान अवस्थामा दैनिक कोटालाई कम्तीमा पनि ३० केजी बनाउनु पर्ने भनिएको छ ।

सुनको बिक्री वितरणलाई विकेन्द्रित गरी नेपाल राष्ट्र बैंकले जारी गरेको सुन आयात तथा बिक्री वितरण कार्यविधि–२०६८ ले तोकेअनुसार काठमाडौँको साथै धनगढी, नेपालगञ्ज, सिद्धार्थनगर, पोखरा, वीरगञ्ज, जनकपुर, विराटनगर र भद्रपुर अन्य आठ वटा स्थानबाट सुनको बिक्री वितरणको व्यवस्था गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । प्रतिनिधिमण्डलले मन्त्रिपरिषद् सचिवालयका सचिव बैकुण्ठ अर्याललाई पनि सोही विषयमा आज ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ८ : ४७ बजे

हिमाल हेर्न कोखेडाँडा

पर्वत । मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय

दार्चुलामा जीप दुर्घटना, छ जनाको घटनास्थलमै मृत्यु

बैतडी । दार्चुलामा जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै मृत्युु

आजको मौसम : देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । हाल देशभर पश्चिमी तथा पहाडी भागमा स्थानीय वायुको

विश्व मधुमेह दिवसमा साइक्लोथोन

बुटवल । बुटवलमा साइक्लोथोन गरेर विश्व मधुमेह दिवस मनाइएको छ

विभाजित कम्युनिष्ट पार्टी एकीकृत हुनुपर्छः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पार्टी अध्यक्ष