१३ मंसिर २०८१, बिहिबार | November 28, 2024

शंकरनगर सामुदायिक वनमा पद हस्तान्तरण



तिलोत्तमा । शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा नगरपालिका १-४, रुपन्देहीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको पदस्थापन गरिएको छ ।

समूहको २० औं बार्षिक साधारण सभा तथा नवौं अबिधेशनबाट सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई समूहको कार्यालय परिसरमा आज आयोजित कार्यक्रममा पदस्थापन गरिएको हो ।

गत माघ ७ गते सम्पन्न समूहको २० औं साधारण सभा पछि नवौं अबिधेशनबाट चयन हुने पदाधिकारी तथा सदस्यहरुकालागि निर्वाचन समितिले चरणवद्ध रुपमा निर्वाचन कार्यक्रम संचालन गरेको थियो । समूहको विधान अनुसार निर्वाचन समितिले समूहका ९ वटा ब्लकबाट ३११ जना पार्षदको निर्वाचन गरी निर्वाचित पार्षद मध्येबाट ९ जना ब्लक संयोजक (कार्यसमिति सदस्य), चार जना पदाधिकारी र तीन सदस्यीय लेखा समिति निर्वाचन प्रक्रिया मार्फत सर्वसम्मत चयन गरेको हो ।

निर्वाचन मार्फत आगामी ५ बर्षे कार्यकालका लागि समूहको अध्यक्षमा रबिन्द्र बस्नेत, उपाध्यक्षमा कमला ज्ञवाली, सचिवमा कालिका अधिकारी, कोषाध्यक्षमा भुवन आचार्य तथा कार्यसमिति सदस्यमा कमला केसी, डोरबहादुर पुन, मिनप्रसाद देवकोटा, तुल्सी न्यौपाने गौतम, लालबहादुर भण्डारी, सिता श्रीस, कृष्ण केसी, डोलराज ज्ञवाली र यमला पन्त निर्वाचित भएका थिए । यस्तै समूहको लेखा संयोजकमा गोविन्द प्रसाद अर्याल तथा सदस्यहरुमा गोविन्द प्रसाद शर्मा र खिमा गुरुङ निर्वाचित भएका थिए ।

नवनिर्वाति पदाधिकारी, सदस्य, लेखा समिति र पार्षदहरुलाई निर्वाचन समितिका संयोजक मिनप्रसाद पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुका साथै निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेका थिए ।

निर्वाचन प्रक्रियाका लागि पोखरेलको संयोजकत्वमा टेक बहादुर थापा, कृष्ण बहादुर राना र सहायक वन अधिकृत बलराम पोखरेल सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो । सोही अवसरमा वनका निवर्तमान अध्यक्ष राम गिरी, सचिव ईन्दु थापा र कोषाध्यक्ष काँशीराम काफ्ले र लेखा संयोजक ठाकुर ढकालले नवनिर्वाचत पदाधिकारीलाई माइन्युट तथा चेक प्रदान गरी पद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले सामुदायिक वनको सम्पुर्ण कार्यकारी अधिकार समूदायमा निहित रहनेहुनाले यसको संरक्षण र विकासमा पनि समूदायनै क्रियाशिल हुनुपर्ने धारणा राखे । निर्वाचित समितिलाई बधाई ज्ञापन गर्दै प्रमुख घिमिरेले सामुदायिक वनको दिगो ब्यवस्थापनका लागि सघीय सरकार र तिलोत्तमा नगरपालिकाले बजेट विनियोजन गरेको जानकारी गराउंदै नगरपालिकासंग समन्वय गरेर वजेटको सहि परिचालन गर्न समितिलाई आग्रह गरे ।

सो अवसरमा एमाले तिलोत्तमा नगर इन्चार्ज मोहन चापागाई, नेपाली काँग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष भोम बहादुर बुढालगायतले बोल्दै स्थानीय समुदायको सहभागिता र योगदान विना वन क्षेत्रको सफल संरक्षण र स्रोतको ब्यवस्थापन हुन नसक्ने बताए ।

वनको दिगो ब्यवस्थापन, संरक्षण र विकासका लागि सबैको सहकार्यको आवश्यक्तालाई बोध गरेर सबै राजनीतक दलको पहलमा सबैको प्रतिनिधित्व र सबैले अपनत्व महशुस गर्ने गरी समावेसी नेतृत्व चयन गरिएको बताए ।

प्रकाशित मिति : १ चैत्र २०७७, आइतबार  ५ : ४६ बजे

भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कु्टरमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते

काठमाडौं । भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तहको उपनर्वाचनका

लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण

पाल्पा । अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी

बुटवलको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता गरिँदै

बुटवल । बुटवलमा हुन गईरहेको औद्योगिक व्यापार मेलामा टिकटक प्रतियोगिता

रुपन्देही उद्योग संघले तीन दिन स्थापना दिवस मनाउने

बुटवल । रुपन्देही उद्योग संघले ४७ औं स्थापना दिवस तीन