४ आश्विन २०८१, शुक्रबार | September 20, 2024

आइतबारदेखी सुरु भएको सुनिल ढुङ्गाना स्मृति कपमा तिलोत्तमा क्रिकेट एकेडेमी र लुम्बिनी विजयी



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा आइतबारदेखि सर्बोत्तम सिमेन्ट सुनिल ढुङ्गाना स्मृति कप टि १० नक आउट क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिताको आइतबार सम्पन्न उद्घाटन खेलमा तिलोत्तमा क्रिकेट एकेडेमी मणिग्राम विजयी भएको छ । तिलोत्तमाले सन्जिवनी शिक्षा सदनलाइ ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी शुरूवात गरेको हो ।

सन्जिवनिले दिएको ८५ रनको लक्ष तिलोत्तमाले ३ विकेटको क्षतिमा पूरा गरेको थियो । जितकालागी तिलोत्तमाका कृष्ण कार्किले सर्वाधिक ४३ रनको योगदान गरे । कार्की प्रतियोगिताको म्यान अफ द म्याछ समेत बनेका छन ।

प्रतियोगिताको दोस्रो खेलमा परासी पल्टन अनुपस्थित भएपछी लुम्बिनी नव युवा क्लब वाक ओभरमा बिजयी भएको आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए । यो संगै सन्जिवनी शिक्षा सदन र नवलपरासी पल्टन प्रतियोगिताबाट बाहिरिएका छन ।

प्रतियोगिता अन्तरगत सोमबारको पहिलो खेलमा बुटवल युथ क्लव र आर.आर. चिलिया बिच खेल हुनेछ भने दोस्रो खेलमा तिलोत्तमा वडा नम्बर १ र सैनामैना क्रिकेट क्लब भिड्ने आयोजकले जानकारी दिए ।

तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलको अध्यक्षता रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त बिक्रम मल्लको प्रमुख आतिथ्यता र तिलोत्तमा क्रिकेट बिकास समितिका सह सचिव मिलन भण्डारीको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतियोगितामा बिभिन्न ८ टिमको सहभागिता रहेको खेल संयोजक कमल श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा विजेता टिमले एकलाख नगद पुरस्कार राशीसहित कप, मेडल र प्रमाणपत्र पाप्त गर्ने छ भने उप विजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छ ।

यसैगरी विधागततर्फ म्यान अफ दि सिरिजले १० हजार, बेस्ट ब्याट्सम्यान, बेष्ट बलर तथा उदयमान खेलाडीले नगद ५/५ हजार पुरस्कार राशी प्राप्त गर्ने छन् भने हरेक खेलका म्यान अफ दि म्याचले हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।

स्वर्गीय ढुङ्गानाको नाममा स्थापना हुने अक्षकोषको रकमबाट तिलोत्तमा नगर भित्रका विद्यालय स्तरका २ जना छात्र र एक छात्रा खेलाडीलाई छात्रवृत्ति प्रदान गरिन तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष दिपक शर्मा भुर्तेलले जानकारी दिए ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार  ७ : ०६ बजे

दसैँको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दसैँको

वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री

काठमाडौं । एसियाका विभिन्न १६ देशका निक्षेप तथा कर्जा सुरक्षण

सिद्धबाबा सुरुङमार्गमा २४ सै घण्टा काम हुँदै, ३ मध्य २ वटा बाइपास सुरुङको ‘ब्रेक थ्रू’

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत निर्माणाधिन सिद्धबाबा सुरुङमार्ग निर्माणको कामलाई

रुपन्देहीमा एमाले सरकारका विरुद्ध एमाले केन्द्रीय सचिव सडक आन्दोलनमा

बुटवल । एमाले अध्यक्ष केपी ओली नेतृत्वको विरोधमा एमालेका केन्द्रीय

माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको प्रवास प्रदेशअन्तर्गत पश्चिम प्रवास संगठन