२५ चैत्र २०८१, सोमबार | April 8, 2025

बुटवलका मगरहरुले मनाए धुमधामकासाथ मगर दिवस (फोटो फिचर)



बुटवल । नेपाली मगरहरुले आज ३९ औ मगर दिवस मनाएका छन् । ३९ वर्ष पहिले पहिलो पटक तनहुंमा भेला भएको दिनलाई नेपाली मगरहरुले मगर दिवसकारुपमा मनाउँदै आएका छन् ।

मगर दिवसकै अवसरमा बुटवलमा पनि मगरहरुले धुमधामकासाथ मगर दिवस मनाएका छन् । बुटवलको अस्पताल चौकबाट मगरहरुको ¥यालीले बुटवल उपमहानगरको बिभिन्न स्थानहरुको परिक्रमा गर्दै सिद्धेश्वर माबीको चौरमा पुगेर सभामा परिणत भएको थियो ।
¥यालीमा मगर भेषभुसा झल्कने साँस्कृतिक झाँकीको प्रदर्शन गरिएको थियो । परम्परागत कण्डलेघर, बाटुलेघर, घुमाउनेघर जस्ता लोपोन्मुख झाँकीहरु सहित निस्केको मगर ¥यालीमा मगर भेषभुसामा सजिएका सयौं युवा युवतीहरु सडकमा निस्केका थिए ।

¥यालीपछि आयोजित सभामा बोल्ने वक्ताहरुले मगरात राज्य स्थापना गरेरै छाड्ने अठोट गरे । उनीहरुले ब्राम्हणबादी अहंकारबादले मगर लगायत आदीबासी जनजातीको अस्तित्व माथिनै धावा बोलेको बताउँदै मगरहरुको हक स्थापित गर्न मगरहरु एकतावद्ध हुनेपर्ने बताए ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  २ : ५२ बजे

स्वाद-उत्सवको पहिलोदिन नेपालगन्जमा उत्साहजनक उपस्थिती

नेपालगन्ज । आफ्नो स्थापनाको ९ औ वार्षिक उत्सवको अवसरमा होटल

नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’

काठमाडौं । नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण

शिक्षकहरूलाई आफ्नो कर्मथलोमा फर्कने वातावरण बनाउन बुटवल उप-महानगरपालिकाको आह्वान

बुटवल । शिक्षक महासंघद्वार आह्वान गरिएको आन्दोलनका कारण विद्यालयहरूको नतिजा

प्रधानमन्त्रीद्वारा शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवहरुसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुका माग र आन्दोलनका

मापदण्ड विपरीतका सवारी साधन रोकिने

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग