सुदरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा सदरमुकाममा रहेको छ ऐतिासिक अमरगढी किल्ला । नेपालको गौरब हो । नेपाल एकीकरणको समयमा निर्माण गरिएको यो किल्लाले पूर्खाको वीरता, गौरब र सौर्यको इतिहास कायम गरेको छ । तर, पूर्खाको नासोलाई संरक्षण, प्रवद्र्धन र प्रचार गर्न नसक्ने राज्यसंचालकहरुको हुतिहारा संस्कारकै कारण यो किल्ला ओझेलमा परिरहेको छ । अमरगढी किल्ला पर्यटकको पर्खाइमा छ, इतिहासका अध्यताहरुको पर्खाइमा छ । र यो किल्लाले भौतिक मात्र होइन लेख्य अस्तित्व रक्षाको समेत भीख मागिरहेको छ ।
गर्बिलो इतिहास
यस किल्लाको निमार्ण रणबहादुर शाहको शासन र राजकुमार बहादुर शाहको नेतृत्वमा सञ्चालित नेपाल एकीकरणको शिलसिलामा विक्रम संम्वत १८४७ भाद्र ३१ गते आइतवारका दिनसेती नदीको नारी दाङमा कप्तान रणवीर खत्रीको नेतृत्वमा आएको दस कम्पनीका गोरखाली सैनिक जवान र डोटेली सैन्यका बीचमा युद्ध भयो । डोटेली सैनिक गोरर्खाली सैनिकबाट पराजित भइसके पछि डोटी राज्यलाई एक ठाउँमा समेटेर नेपाल अधिराज्यमा गाभिन पुग्यो । यस क्षेत्रको भुभाग सुरक्षित र सुशासन कायम राख्नका लागि अमरसिहं थापा यस क्षेत्रको पहिलो प्रशासकको रुपमा नियुत्ति भएर आएको इतिहास रहेको अमरगढी किल्ला संरक्षक नर बहादर श्रेष्ठ बताउँछन् । उननका अनुसार यस क्षेत्रको संरक्षण तथा महाकाली पारी रहेका पश्चिम किल्ला काँकडा सम्मको विजय हासिल गर्ने अमरसहिं थापा योजनालाई यो अमरगढी किल्लाले सघाएको थियो ।
अमरगढी किल्लाको निमार्ण पछि अमरसिह थापा, काजी जगतजित पाण्डे, गौलैया, रणवीर खत्री, सुब्वा जोगनारयण मल्ल, सुब्वा फौदसिहं, सुखवीर खत्री लगायतका सैनिक कमाण्डरले अमरगढी किल्लालाई आधार किल्ला कायम गरी काली, कुमाउँ सरकार कायम गर्ने क्रममा बीचबाटोमा धौली थानानेर रङ्यौलीमा कुमाउका राजा मोहन चन्द्रको फौजले गोरखाली सैन्यमाथि एक्कासी आक्रमण गरेको थियो । सो लडाईंमा गोरखाली फौजले कुमाऊ फौजसँग पराजित भयो । त्यसपछि अमरगढी किल्लाबाट अमरसिहं थापाको टोली फेरि काली कुमाउ फर्केपछि गोरखाली सैन्यको ठुलो प्रयासले गर्दा घौलीथान समेत नियन्त्रणमा आएको इतिहास रहेको छ । पछि विक्रमसंवत १८४७ चैत्र १५ गते कुमाउँको राजधानी अलमोडामा राजा महेन्द्र चन्द्र, सन् १८०४ मा गढवालका राजा प्रद्युम्न शाह र सन १८०७ मा काँकडामा राजा संसार चन्दलाई पराजय गरी नेपाल राज्यको विस्तार गरिएको थियो । विजय पछि अमरगढी किल्लाको मातहतमा रहने गरी एउटा किल्ला कुमाउको छाउनीमा राखिएको थियो भन्ने कुरा इतिहासमा उलेख छ । सन १८७३ को अंगे्रजसँगको ठुलो लडाईमा पछि महाकाली वारीको भु–भाग संरक्षणका लागि समेत यो किल्ला महत्वपूर्ण सामरिक आधार भएको अमरगढी किल्ला संरक्षक श्रेष्ठले बताए ।
मनमोहक दृश्य
अमरगढी किल्लाको दृश्य निकै मनमोहक रहेको छ । अमरगढी किल्लाको उचाई समुन्द्री सतहबाट ६५०० फिट रहेको छ । अमरसिह थापाद्वारा निर्मार्ण गरिएको ढुङ्गे किल्लाको निर्मार्ण कलात्कम छ । चारैतिर ढुङ्गाले बनाइइको किल्लाभित्र सैनिकका लागि गुफाहरु बनाइएका छन् । २२ वटा ढोका गुफाको चारै तिरको किल्ला मासको गाहरोले पोतिएको छ । शत्रुलाई छल्न अस्त्र निरोध गर्ने मार्गहरुको निमार्ण गरिएको छ । किल्लाको बीचभागमा उग्रभैरवको मुर्ति रहेको छ । यसले धार्मिक र सामाजिक महत्व समेत बोकेको । किल्लाभित्र एउटा ५० मिटिर लामो गुफा रहेको छ भने त्यसभन्दा बाहिरी भागमा सैनिकहरु सुरक्षित बसेर शुत्रुसँग लडाईं गर्नको लागि २२ वटा ढोका रहेका छन् । यस किल्लाबाट चारैतिर दृश्यावलोकन गर्न सकिन्छ । जस्तै लसक्या लेख डोटी गौडा केही भारतको कुमाउ गडवाल लगायतका हिमाली भेगहरु समेत सहजै अवलोकन गर्न सकिन्छ । अमरगढी किल्लाको मुलगेटमा अमरसिहं थापाको सालिक रहेको छ ।
किल्लाको महत्व
अमरगढी किल्ला नेपालका सामरिक महत्वका दुई वटा किल्ला मध्ये एक हो । अर्को किल्ला सिन्धुलीगढी नामले चर्चित छ । यो किल्लाले यस क्षेत्रको आफ्नै छुटै पहिचान बोकेको अमरगढी नगरपालिकाले जनाएको छ ।
अमरगढी किल्ला अवलोकनको गर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गरेका छन । तर, किल्लाकोसमयमै संरक्षण हुन नसक्दा त्यसको अस्तित्व नै लोप हुदै जाने अवस्थामा रहेको स्थानीयबासिन्दा नवराज भण्डारी बताउँछन् ।
किल्लाको संरक्षण र संवद्र्धन गरी नेपालको ऐतिहासिक महत्वबारे बुझाउन सक्ने हो भने इतिहासका अध्यताहरुका लागि यो किल्ला गतिलो अनुसन्धान केन्द्र बन्नसक्छ । यसका साथै पर्यटकहरुलाई आकर्षित गर्न सक्ने प्याकेजहरु तयार पार्ने हो भने यसै किल्लाले यहाँको आर्थिक विकासका लागि समेत सहयोगी बन्नसक्ने देखिन्छ ।
प्रतिक्रिया