३ मंसिर २०८१, सोमबार | November 19, 2024

कर्णालीमा पर्यटकको -याफ्टिङ सरर



बाजुरा । बाजुरा जिल्लाको पुर्वीउत्तरी भेगमा रहेको बुढिन्दा नगरपालिका स्वामि कार्तिक, हिमाली, जगन्नाथ गाउँपालिका, र मुगु हुम्ला जिल्लाको बीच भागमा बग्ने कर्णाली नदीमा -याफ्टिङ गर्न यति बेला आन्तरिक तथा बाहे पर्यटकको लाइन लागिरहेको छ ।

कर्णाली नदी यति बेला पर्यटकको रोजाईमा परेको छ । स्वामिकार्तिक गाउँपालिकाले कर्णाली नदीमा दुई वर्षदेखि -याफ्टिङ सञ्चालन गरेको छ ।

कर्णाली नदीमा यति बेला गर्मी मौसम पढेसँगै आन्तरिक तथा बाहिए पर्यटकहरू आफनो मनोरञ्जन लिनको लागि एक हप्ताको यात्रा गरेर कर्णाली नदीमा -याफ्टिङ गर्न आउनेहरूको लाइन लागि रहेको -याफ्टिङ सञ्चालक जनेस भण्डारीले बताए । उनले भने, ‘पर्यटकको लागि कर्णाली नदीको किनार निकै मनमोहक र सुन्दर ठाउँ भएकाले पनि यस क्षेत्रमा पर्यटक आउने गरेका छन् ।’

स्वामी कार्तिक गाउँपालिकाले सञ्चालन गरेको कर्णाली नदीमा कमतीमा १५ देखि २० किलोमिटरसम्म रेप्टीङ्ग गर्न सकिने व्यवस्था रहेको छ स्वामिकात्र्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाही बताउँछन् ।

 

कर्णाली नदीको महत्व

चिनियाँ सोसासित क्षेत्र तिब्बतमा पेर्ने मानासरवल धार्मिक स्थलमा जाँने दर्शनार्थीलाई बाजुराको स्वामिकार्तिक गाउँपालिकाको भार्तीकप्साडी क्षेत्रमा पर्ने धार्मिक एवं पर्यटकीय महत्व बोकेको पादुका कुण्डमा अनिवार्य जानुपर्ने रहेको छ ।

मानासरोवर तालको मुहानबाट जमिनको सतह मुनीबाट आउने पानीको केही अंश बाजुरा स्वामिकार्तीक गाउँपालिको पादुका कुण्डमा निस्कने भएकोले यसको महत्व रहेको हो । मानासरोवरको शिव पार्वतीको मुर्ति आकृती रहेको पहाडको दाहिने पट्टीेको अकाट्टे पर्वत बाजुराको पादुका कुण्डमा कर्णार्ली नदीले काटेको छ ।

कुण्डमा हरेक वर्षको मकर संक्रान्तीको दिन राति कर्णार्ली नदीको बीचमा र त्यो पानी मिसिने ठाउँमा आगोको मुस्लो बल्छ । यस ठाउँमा बुढीनन्दाबाट आएको डाँडो, कार्तिक स्वार्मीको मन्दिरबाट आएको डाँडो र बडिमालिका र जगन्नाथ ठाकुरको मन्दिर भएको क्षेत्रबाट आएका तीन वटा डाँडा बीचमा कर्णाली नदी बगेको हुनाले यसको बढी महत्व रहेको छ । मानसरोवर जान नसक्नेले यही कर्णाली नदीबाट जल भरेर लिने गरेको स्थानीयबासी निमेन्द्र शाही बताउँछन् ।

त्यस क्षेत्रमा स्थानीयले पुर्खौदेखि मान्दै आएको पादुका मन्दिरको संरक्षण र सम्वर्धन गर्न आवस्यक रहेको स्थानीय वासिन्दाले वताएका छन् । तर अहिलेसम्म संरक्षणका लागि भने खासैले ध्यान दिएका छैन ।

जिल्लाको बडिमालिका, बुढिनन्दा ,खप्तड, छेडदह र पोरखे गुफा लगायतका दर्जनौं धार्मिक एवं पर्यटकीय स्थल भन्दा बढी महत्व बोकको पादुका कुण्ड क्षेत्र हो । पादुका मन्दिर भएको पर्वत र पादुका कुण्ड प्रसिद्ध धार्मिकस्थल भएको र मानासरोवर जाने मार्गका रुपमा रहेको हो । पादुका मन्दिरका पूजारी मष्टा प्रसाद उपाध्यायले बताए ।

मानासरोवर सम्मको अकाट्यडाँडाबाट जल बगेर आएको हुनसक्ने धार्मिक विश्वास रहेको छ । पौराणिक किंवदन्ती अनुसार मानासरोवरबाट स्नान गरी फर्केका दर्शनार्थीहरुले पादुकाको दर्शनभेट गरी जल भरेर ल्याउने प्रचलन छ । उक्त जल घर तथा मन्दिरमा राख्नाले घरको सृष्टि हुने र एक आपसमा सद्भाव जनविश्वास रहेको छ ।

हरेक वर्ष भारतबाट यही बाटो भएर मानासरोवर जानेको संख्या नगण्ये मात्रामा रहेको छ । नेपालका अरु बाटोभन्दा यस बाटो जान सहज भएको कुरा स्थानीय कपुर गिरीले बताए । उनका अनुसार बाजुरा जिल्लाको यो स्थान मा आउन सजिलो र कम खर्चिलो समेत हुन्छ ।

स्वामिकार्तिक गाउँपालिका अध्यक्ष चिरञ्जीवी शाहीले यहाँबाट मानसरोवर जान सजिलो हुने बताउँछन्। नेपालगन्ज सुर्खेतबाट कोल्टी विमानस्थलमा सधै जहाज चल्छ । जसका कारण देशभित्रका र भारतीय तिर्थ यात्रीलाई सहज हुन्छ । यात्रीहरु बढेसँगै कर्णाली नदीमा -याफ्टिङ गर्नेहरुको संख्या निकै बढेको छ ।

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको कर्णाली नदीमा र्याफ्टिङ गर्न आएका नवराज भण्डारीले -याफ्टिङको लागी सुदुरपश्चिमको सबै भन्दा राम्रो ठाउँ रहेको बताए । उनले आफुहरु मानासरोवर, पादुका मन्दिको पूजा गर्नुका साथै कर्णाली नदीमा -याफ्टिङ गर्नको लागि एक हप्ताको यात्रा गरेर आएको बताए ।

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  ५ : २७ बजे

कर्मचारीले गरे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तालाबन्दी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तालाबन्दी भएको

Former Speaker Dhungana cremated with state honours

Kathmandu: Former Speaker Damannath Dhungana was cremated with state honours

गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूका लागि क्षमता विकास तालिम

बर्दिया । बर्दियाको गुलरियामा प्रारम्भिक बाल विकास शिक्षकहरूको क्षमता विकास

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

दाङ । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल

‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’