२८ मंसिर २०८२, आइतबार | December 14, 2025

नयाँ फिचरहरुबारे बेलायतस्थित लगानीकर्ता र शुभचिन्तकहरुसँग सगुनको अन्तरक्रिया



लन्डन । सामाजिक संजालमा आधारित इकमर्स कम्पनी सगुनको पछिल्लो फिचरहरुबारे सगुनका संस्थापकहरुले बेलायतस्थित एनआरएन अगुवा तथा लगानीकर्ताहरुलाई जानकारी गराएका छन्।

भर्चुअल मध्यमद्वारा आयोजित एक कार्यक्रममा प्रस्तुति दिंदै अमेरिकामा मुख्यालय रहेको सगुन इंकका संस्थापक गोविन्द गिरीले ‘मुड टक’ जस्ता नयाँ फिचर बजारमा ल्याएको बताए।

मुड टकमा गएर आफ्ना परिवार तथा साथीहरुसँग च्याट गर्न सकिने र २४ घण्टामा च्याट आफै डिलिट हुने उनले बताए । उनले यसमा चित्र वा भिडियो पनि चांडै शेयर गर्न मिल्ने र यो फिचरले मानिसहरुलाई कुराकानी शुरु गर्न, सम्वन्ध बलियो बनाउन सघाउने विश्वास व्यक्त गरे । उनले सगुन एपको नयाँ भर्सन छिटै उपलब्ध हुने जानकारी पनि दिए ।

‘सगुनमा तपाईंले विभिन्न फिचर्सहरु प्रयोग गर्न पाउनुहुन्छ्र जस्तै ‘ट्रेण्डीङ्ग भिडियोज’ (trending videos) जसमा तपाईंको इच्छा अनुसार विभिन्न टपिक्स मा लोकप्रिय भिडियोहरु हेर्न पाउनु हुन्छ भने सगुन चलाए वापत केही स्मार्ट कोइन्स पनि आर्जन गर्न पाउनुहुन्छ, आफ्ना आफन्तहरु विभिन्न देशमा हुने भएको हुनाले विभिन्न देशका ‘ट्रेण्डीङ्ग ग्लोबल स्टोरिज’ पनि एकै ठाउँमा हेर्न पाउनु हुन्छ्र यदि तपाईंको मनभित्र खुम्चिएर रहेका कुनै सिक्रेट हरु छन् अथवा समाजमा पस्किने केही बिचारहरु छन् जुन अरु कसैले केही भन्ला कि भनेर तपाई हामीले समाजमा भन्न सकिरहेका हुँदैनौं भने यस्ता विचारहरुलाई पनि प्रकट गर्ने व्यवस्था सगुनले मिलाएको छ’, गिरीले भने।

कार्यक्रममा बोल्दै सगुनका सहसंस्थापक कविन सिटौलाले सगुनको यात्रामा युके निवासी नेपाली समुदायको निरन्तर सहयोगका लागि आभार व्यक्त गरे। ‘अब हामी लक्ष्य नजिक पुग्दै छौं र तपाईंहरुको सद्भाव र सुझावको अपेक्षा गरेका छौं’, उनले भने ।

कार्यक्रममा बोल्दै १०० भन्दा बढी स्टार्ट अप कम्पनीहरुमा लगानी गरेका अमेरिकास्थित एकजना लगानीकर्ता चिन्ता बजगाईंले आफुले लगानी गरेका कम्पनीहरुमध्ये सगुन ‘टप फाइभ’ मा पर्ने जनाए। त्यस्तै अस्ट्रेलियास्थित लगानीकर्ता तथा सगुनका सल्लाहकार झकेन्द्र शर्माले सगुनमा गरिएको लगानीबाट राम्रो प्रतिफल आउनेमा आफु ढुक्क रहेको बताए। संसारका २०० भन्दा बढी कम्पनीहरूमा लगानी गरेको आफ्नो अनुभव सुनाउंदै उनले स्टार्ट अप कम्पनीमा लगानी गर्नु आफै जोखिमपूर्ण भए पनि त्यसबाट पा इने मुनाफा निकै आकर्षक हुने उनले बताए।

कार्यक्रमको शुरुमा सगुनका युरोप संयोजक युवराज सेडाइले सगुनका नयाँ फिचरहरुबारे विस्तृत जानकारी दिएका थिए भने सगुनका ग्लोबल कोअर्डीनेटर सूर्य गुरुङले सबै सहभागीहरुलाई स्वागत गरेका थिए।

एनआरएनए युकेकी अध्यक्ष पूनम गुरुङले अमेरिका जस्तो मुलुकमा बसेर ठूल्ठूला कम्पनीहरुसंग अत्यन्त प्रतिस्पर्द्धात्मक वातावरणमा पनि आफ्नो छुट्टै पहिचान बनाउन प्रयत्नरत सगुनको यो अभियानमा तपाई हामी सबै जुटेर यसबाट हुने आर्थिक लाभ पनि तपाई हामीले नै लिऊँ भनेर अनुरोध गरिन् । उनले सगुनको सफलताले नेपाल र नेपालीलाई फाइदा हुने विश्वास व्यक्त गरिन् ।

लन्डन बरो अफ बार्नेटका उपमेयर लक्ष्य गुरुङले सगुनको निरन्तर प्रगतिको कामना गर्दै आफु पनि यो यात्रामा जोडिन इच्छुक रहेको बताए ्र
कार्यक्रममा एनआरएनएका केन्द्रीय सल्लाहकारद्वय कुल आचार्य र विश्व आदर्श पण्डितले सगुनमा आफुहरु सन् २०१७ देखि नै जोडिएको भन्दै अरुलाई पनि जोडिन अनुरोध गरे।

कार्यक्रममा एनआरएनएका आइसीसी सदस्यहरु, एनआरएनए युकेका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, व्यवसायी तथा पत्रकारहरु लगायत करिब एक सय ५० जना भन्दा बढीको उपस्थिति थियो।

कार्यक्रममा उपस्थित शुभचिन्तकहरु र लगानीकर्ताहरुले संस्थापकहरूसंग जिज्ञासा राख्नुका साथै सुझाव पनि दिएका थिए ।

 

 

प्रकाशित मिति : ७ फाल्गुन २०७७, शुक्रबार  ५ : १७ बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर