२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

द्रुतमार्गमा निर्माणकर्ता छनौट प्रक्रिया पारदर्शी भएको सेनाको दाबी



काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रिया पारदर्शी भएको दावी गरेको छ ।

संघीय संसद राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बुधबारको बैठकमा काठमाडौं–तराई द्रुतमार्ग अन्तर्गत फेज टुका ठेक्का विषयमा परेको उज्रीमाथि भएको छलफलमा नेपाली सेनाले द्रुतमार्गको जटिल कार्य गर्ने निर्माणकर्ता छान्ने प्रक्रियामा कुनै अनियमितता नभएको दावी गरेको हो ।

समितिमा काठमाडौं–तराई द्रुतमार्गको जटिलकार्य गर्ने निर्माणकर्ता छान्नका लागि नेपाली सेनाले पूर्व योग्यता निर्धारण गर्न मागेको आवेदनमा आवश्यक भन्दा कम कम्पनीहरु छानिएको भन्दै उजुरी परेको थियो । नेपाली सेनाले पूर्व योग्यता परिक्षणमा नेपाली कम्पनी बाहिर पारिएको भन्दै विरोध भइरहेको छ । यसै विषयमा समितिले द्रुतमार्ग हेर्ने नेपाली सेनाका अधिकारीहरुलाई बोलाई स्पष्टिकरण लिएको हो ।

छलफलमा नेपाली सेनाका महासेनानी एवं खरिद व्यवस्थापन महाशाखाका प्रमुख सुनिलसिंह राठोरले सार्वजनिक खरिद ऐन अनुसार नै पूर्व येग्यता निर्धारण गरिएको बताए । आयोजनाको निर्माण कार्य वि.सं. २०८१ मा सम्पन्न गर्नुपर्ने भएकाले तत्काल टेण्डर आव्हान गरी निर्माण कार्यलाई तिब्रता दिने प्रक्रिया शुरु गरिएको पनि उनले बताए ।

नेपाली सेनाले पूर्व योग्यताका लागि २०७६ फागुन ३० गते सार्वजनिक रुपमा आवेदन आव्हान गरेको थियो । २०७६ चैत ११ गते देखि बन्दाबन्दी भएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले २०७६ चैत २५ गते पठाएको पत्र अनुसार म्याद थप गरी २०७७ भदौ ३० गते मात्रै प्रि सबमिसन मिटिङ गर्न सफल भएको पनि महासेनानी राठोरले बताए । उनले प्रि सबमिसन मिटिङमा २१ जना प्रतिनिधिको उपस्थिति रहेको र उपस्थित हुन नसकेकाहरुलाई जानकारी गराइएको जनाए । त्यसपछि २०७७ असोज १४ गते खोलुवा मुचुल्का तय गर्दा प्याकेज नं. १ मा २१ वटा र प्याकेज नं. २ मा २२ वटा अन्तर्राष्ट्रिय कम्पनीहरुको आवेदन परेको थियो । यस्तै २०७७ पुस ९ गते मूल्याङ्कन समितिले गरेको मूल्याङ्कन अनुसार प्याकेज नं. १ मा २ जना र प्याकेज नं. २ मा १ जना अन्तर्राष्ट्रिय कम्पनी सूचीकृत भएको महासेनानी राठोरले बताए ।

द्रुतमार्ग आयोजनाका प्रमुख विकास पोखरेलले काठमाडौं–तराई द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरिएको बताए । त्यसमध्ये ५ र ६ नम्बर क्लस्टर अति जटिल भएकाले निर्माण कर्ता छनोट गर्दा पूर्व योग्यता निर्धारण गर्नुपरेको र सार्वजनिक खरिद नियमावली अनुसार नै सो कार्य सम्पन्न गरिएको जनाए ।

काठमाडौं–तराई द्रुतमार्ग ७२ दशमलव ५ किलोमिटरको रहेको छ । जसमा ३ वटा सुरुङ मार्ग र ८७ वटा पुलहरु निर्माण हुनेछन् । बाटोको चौडाई पहाडमा २५ मिटर र तराईमा २७ मिटर रहनेछ ।

दु्रतमार्गमा पर्ने तीन वटै सुरुङमार्गको लम्बाई ६ किलोमिटर हुनेछ भने ८७ वटा पुलको कुल लम्बाई १० किलोमिटर रहने छ । द्रुतमार्गमा जटिल किसिमको काम गर्नुपर्ने ठाउँहरुलाई ११ वटा क्लस्टरमा विभाजन गरि काम शुरु भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७७, बुधबार  ५ : २० बजे

एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन् : प्रधानमन्त्री ओली

बुटवल । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने