५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

स्टार्टअप आइडिया कलमा ८७० जनाको आवेदन, आइडिया पठाउने म्याद १५ दिन थपियो



काठमाडौ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालय, राष्ट्रिय बाणिज्य बैंक र विशाल फाउण्डेशनले आयोजना गरेको नवप्रवर्तन प्रस्ताव आह्वान अथार्त स्टार्टअप आइडिया कल कार्यक्रममा आइडिया पठाउने समय १५ दिन थप गरिएको छ ।

बागमती प्रदेश र यस प्रदेशभित्र उद्यम सञ्चालन गर्न चाहने देशभरका युवाहरुले आफनो आइडिया पठाउनका लागि समय अपुग भएको र अन्तिम पटक म्याद थपका लागि अनुरोध गरेबमोजिम एकपटकका लागि मात्र १५ दिन अवधि रहने गरी यहि मिति २०७७ फागुन १५ गतेसम्म आइडिया पठाउने समय थप गरिएको उद्योग, पर्यटन, वन तथा बातावरण मन्त्रालयका सचिव डा. सिन्धुप्रसाद ढुङ्गानाले जानकारी दिए ।

गत मङ्सीर २४ गते बाट सुरु भई माघ मसान्तसम्म आवेदन माग गरिएकोमा माघ मसान्तसम्म ८७० वटा आवेदन पर्न गएको स्टार्टअप आइडिया कल कार्यक्रमका संयोजक विशाल गैरेले जानकारी दिए ।

उत्पादन र सेवामुलक क्षेत्रमा सृजनात्मकरुपमा उद्यम गर्न चाहने युवाहरुको सङ्ख्या बढिरहेको र उनीहरुले समय थप गर्न आग्रह गरेबमोजीम फेरी नथप्ने गरी म्याद थप गरिएको प्रष्ट पारे ।

राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्राप्त आइडियाहरुमध्ये उत्कृष्ट आइडिया छनौट गरी निशुल्क तालीम प्रदान गर्ने, पुरस्कृत गर्ने र सहुलियतपुर्ण कर्जा प्रवाह गर्नेलगायतका उद्यमी बन्नका लागि आवश्यक पुर्ण प्याकेजको कार्यक्रम भएकाले नै नेपाली युवाहरुमा उत्साह थपिएको र यसलाई सफल बनाउन मन्त्रालय, बैंक र फाउण्डेशनले मिलेर काम गरिरहेको बताए । प्रस्ताव पठाउन र यससम्वन्धी थप जानकारीका लागि www.startupideacall.org लगइन गरी छुटेका युवाहरुलाई आइडिया पठाउन आग्रह गरिन्छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ५ : ४८ बजे

दर्ता गर्न नआए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न तोकेको म्याद सकिन

पुल्चोक-गोन्द्राङ सडकको उद्घाटन

चितवन । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ।

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाका

सरकार परिवर्तनको हल्ला असत्य हो : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित

पुल्चोक-गोन्द्राङ सडक बनाउन भरतपुर महानगरको ठुलो योगदान छ : रेनु दाहाल

भरतपुर, ५ बैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकास