४ मंसिर २०८१, मंगलबार | November 19, 2024

‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालन हुँदै



बैतडी । कोरोना कहरका कारण स्थगित भएको ‘गाउँघरमा चिकित्सक’ कार्यक्रम सञ्चालनमा आएको छ । निःशुल्करुपमा गाउँघरमै चिकित्सकीय सेवा दिने उद्देश्यले उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

हालसम्म जिल्लाका तीन स्थानीय तहमा उक्त कार्यक्रम सम्पन्न भइसकेको जिल्ला अस्पताल बैतडीका प्रमुख डाक्टर वसन्तराज जोशीले जानकारी दिए। मेलौली नगरपालिका सिगास गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कार्यक्रम सम्पन्न भइसकेको छ । उनले भने, “प्रत्येक स्थानीय तहमा दुई दिने शिविर सञ्चालन गरेर सेवा दिन्छौँ ।” तीनवटै स्थानीय तहमा गरेर एक हजार ६०० लाई सेवा प्रदान गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

शिविरमा जनरल ओपीडी, अल्ट्रासाउण्ड, प्रयोगशाला, परिवार नियोजन, दन्त, अपाङ्गता परिचयपत्रका लागि सिफारिस, औषधि वितरणलगायतका सेवा प्रदान गरिँदै आएका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको हो ।

जिल्ला अस्पतालमा पुग्न सहज नभएका पालिकाका नागरिकलाई गाउँघरमै चिकित्सक पुगेर सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको डा जोशीले बताए । चालु आर्थिक वर्षमा जिल्लाका पाँचवटा दुर्गम पालिकामा शिविर सञ्चालन गरेर विभिन्न सेवा एकीकृतरुपमा दिने लक्ष्य रहेको जिल्ला अस्पतालले जनाएको छ । प्रदेश सरकारको कार्यक्रमअन्तर्गत स्वास्थ्य कार्यालयको आयोजनाका शिविर सञ्चालन भइरहेको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७७, शनिबार  १० : २७ बजे

विदेशी विनिमय सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड

काठमाडौँ । मुलुकमा विदेशी विनिमय सञ्चिति बढेर २२ खर्ब ३२

३ महिनामा भित्रियो ४ खर्ब ७ अर्ब रेमिट्यान्स, असोजमा मात्रै १ खर्ब ४४ अर्ब रुपैयाँ

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो  ३ महिनामा विप्रेषण (रेमिट्यान्स)

कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण अन्तिम चरणमा

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित

भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

बागलुङ । चारैतिर अग्ला पहाड । कतै खोँच त कतै

सैनामैनाको मुर्गियामा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन

काठमाडौ । रुपन्देहीको सैनामैनाको मुर्गियामा डिशहोमको नयाँ सेवा केन्द्र उद्घाटन