४ मंसिर २०८१, मंगलबार | November 19, 2024

फागुन पहिलो सातामा राजवंशी समुदायको भेला



मोरङ । ‘आदिवासी जनजातिमा सूचीकृतका लागि दबाब सिर्जना गरौँ, विराट राजवंशीको एकता, ऐक्यबद्धता र प्रतिबद्धताका लागि विराटनगरमा भेला हौँ’ मूलनारा दिएर राजवंशी समाज उत्थान समितिले विराटनगरमा भेला गर्ने भएको छ ।

आगामी फागुन ६ गते हुने सो बृहत भेलामा राजवंशी समुदायले आफ्नो पहिचान, अस्तित्व, अधिकार, मूल्य मान्यता स्थापित गराउन सामूहिक आवाज उठाउने समितिका अध्यक्ष भुवनेश्वर मण्डलले आज मंगलवार यहाँ पत्रकार सम्मेलनमा जनकारी गराए ।

विराट राजवंशी समुदायको यो १४ औँ भेलामा महाभारतकाल मत्स्य देशको विराट राजासँग जोडिएको विराट राजवंशी समुदाय पूर्वी तराईको मूल आदिवासी यस समुदायका मानिसले अधिकार र अवसरबाट वञ्चित भइरहेकाले भेलामा घनिभूत आवाज उठाउने अध्यक्ष मण्डलले जानकारी दिए ।

उनले पूर्वी तराईको पहिलो जातिको रुपमा चिनिएको विराट राजवंशी समुदाय आदिवासी जनजातिमा सूचीकृत नहुनु दुःख लागेको चर्चा गर्दै राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गरिनुपर्ने माग गरे ।

उनले पत्रकार सम्मेलनमा विराटनगरको प्रथम जातिको रुपमा विराट राजवंशीलाई घोषणा गर्नुपर्ने र प्रदेश नं १ को नाम विराट प्रदेश हुनुपर्ने हाम्रो माग भएको बताए । भेलामा यस क्षेत्रका करीब ५० हजार राजवंशी भेला हुने बताइएको छ । रासस

प्रकाशित मिति : २७ माघ २०७७, मंगलबार  ६ : ०४ बजे

नेपाली कफी अन्तर्राष्ट्रिय बजारमा अब्बल

काठमाडौँ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर

एक्यापद्वारा अन्नपूर्ण आधार शिविरमा ध्वनि यन्त्र लैजान निषेध

गण्डकी । पदयात्राका लागि विश्वप्रख्यात अन्नपूर्ण आधार शिविरमा चर्को ध्वनि

स्वास्थ्य क्षेत्रमा फड्को मार्दै सिञ्जा

जुम्ला । जिल्लाको सिञ्जा गाउँपालिकाले स्थानीयलाई सहज स्वास्थ्य सेवा दिने

इच्छाकामना मन्दिर परिसरमा पञ्चमी मेला

चितवन । पर्यटन प्रवर्द्धनका लागि इच्छाकामना गाउँपालिका-५ मा अवस्थित प्रसिद्ध

पञ्चेबाजा संरक्षणमा सक्रिय कला केन्द्र

दाङ । नेपाली समाजमा पछिल्लो समय पञ्चेबाजा बजाउने परम्परा लोप