७ बैशाख २०८२, आइतबार | April 20, 2025

भूउपग्रहको माध्यमबाट अफ्रिकी हात्तीको गणना



भूउपग्रहको चित्र हेर्दा हरियाली जंगलमा खैरो रंगको धब्बा जस्तो देखिन्छ । तर, अलि नियालेर हेर्ने हो भने ति धब्बा जंगलमा घुम्दै गरेका हात्तीको बथान भएको प्रष्ट हुन्छ ।

यी वैज्ञानिक तस्विर वैज्ञानिकहरुले अन्तरिक्षबाट अफ्रिकी हात्तीको संख्या गणना गर्न उपयोग गरेका छन् ।

यी तस्विरहरु पृथ्वीको सतहबाट ५०० किलोमिटर माथि रहेको भूउपग्रहले खिचेका हुन् । ५ हजार वर्ग किलोमिटरसम्म हात्तीको निवासस्थानको सर्वेक्षण गर्न बादल नभएको पुरै दिन खर्चिनुपर्छ ।

सबै मेहनती हात्तीको गणना भने मेशिन लर्निङको माध्यमबाट भैरहेको छ । कम्प्युटर एङ्ग्लोरिद्ममा रहेका विभिन्न पृष्ठभूमिले हात्तीको पहिचना गर्न र प्रशिक्षित गर्न प्रयोग गरिन्छ ।

डा. ओग्ला इसुपोवाले बाथ विश्वविद्यालयबाट भने, हामी सिर्फ उदाहरणलाई एङ्ग्लोरिद्ममा राखेर विश्लेषण गरेपछि भन्छौं कि यो हात्ती हो र यो होइन भनेर’ । यो काम गर्नका लागि हामीले मेशिनमा छोटा छोटा विवरण पहिचान गर्नका लागि मिलाउँछौं, जसलाई हामीले नाङ्गो आँखाले हेरेर व्याख्या गर्न सक्दैनौं ।

वैज्ञानिकले सबैभन्दा पहिला दक्षिण अफ्रीका के अडो हात्ती राष्ट्रिय निकुञ्जलाई हेरेका थिए ।

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक डा. इसला डुपार्ग भन्छिन्, ‘यो हात्तीको उच्चबसोबास भएको स्थल हो र यो हाम्रो दृष्टिकोणको परीक्षण गर्ने एक सानदार स्थल पनि ।’

हात्ती संरक्षण गर्ने संगठनहरुले पहिलेदेखि नै यसको उपयोग गर्नमा रुची राख्थे । जबकी जहाजको उपयेग गरेर सर्वेक्षण गर्ने विधिलाई प्रतिस्थापित गर्न सकियोस ।

संरक्षणवादीले व्यवसायिक भूउपग्रहले खिचेका तस्विरको प्रयोग गर्न भने पैसा तिर्नुपर्छ ।

 

प्रकाशित मिति : ८ माघ २०७७, बिहिबार  ९ : ५२ बजे

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

बेनी । धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी

कुलमानलाई विद्युत प्राकिरणबाट हटाएको विरोधमा महोत्तरीमा नागरिक समाजको प्रदर्शन

महोत्तरी। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई सरकारले प्रतिशोध

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि बिक्री हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५०

सम्झौताको नौ वर्षपछि कञ्चनपुरको दोदामा पुल निर्माण

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया

आजको मौसम : यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले