विश्व राजनीतिमा जुन जुन व्यक्तिहरुले आफुलाई तानाशाहका रुपमा स्थापित गर्न चाहे ती सबैको स्वभाव एउटै देखियो, आलोचना सुन्न नसक्ने । प्रशंसा, स्तुती र भजन बाहेक उनीहरुले कमजोरी र आलोचना सुन्नै चाहेनन् । कनै शासकले आलोचना गर्नेलाई फाँसी दिइहाल्ने निर्णय गर्न थाले भने कसैले आलोचकहरुलाई बिस्तारै भित्तामा पु¥याउने र राजनीतिक जिवन समाप्त पारिदिने गर्न थाले । आफुलाई आजीवन शासक बनाउने नाममा, अकुत सम्पत्ती कमाउने नाममा, ऐस आराम र बिलासीतामा डुबाउने नाममा त्यस्ता सामन्त तानाशाहहरुले विपक्षीहरुलाई विभिन्न बहानामा जेल हाल्ने, झुठो आरोपमा फसाउने र उनीहरुको सामाजिक अस्तित्व समाप्त पारिदिने कर्म गर्न थाले र गरिरहेका छन् ।
तानाशाहहरुमा हुने एउटा विशेषता हो खाली प्रशंसा सुनिरहन रुचाउने । उनीहरु गाली सुन्न रुचाउंदैनन् । उनीहरु आलोचना सहनै सक्दैनन् र उनीहरु कसैभन्दा मुनी बस्नै मन पराउँदैनन् । उनीहरुमा आफु बाहेक जान्ने, सुन्ने, पढेलेखेको अरु कोही नभएको चिन्तनको विकास भएको हुन्छ । आफुले गरेको निर्णय बाहेक अरुले गरेका कुनै पनि काम गलत भएको उनीहरु थान्दछन् ।
हामी नेपाली बिश्व समुदाय एक्काईसौ शताब्दीमा पुग्दासम्म धेरै समय ‘श्रीमान गम्भीर नेपाली, प्रचण्ड प्रतापी भुपती, श्री ५ महाराजाधिराज सरकारको सदा रहोस उन्नती……..’ गाएरै बितायौं । प्राण भन्दा प्यारो होस् वा नहोस्, ‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ……’ भन्ने नारा लगाई नै रह्यौं । राजा महाराजा जिल्लामा आउँदा ’जय जय’ भन्नु हाम्रो दिन चर्या भयो । हाम्रो मनस्थितिमा जबरजस्त ‘राजा बिष्णु भगवानका अवतार हुन् । राजा अन्तरयामी हुन्छन् । राजाले टेकेको माटो शिरमा लगाउँदा पुण्य प्राप्त हुन्छ भन्न ’ हामी चुकेनौं । शिरमा राजा रानीका फोटा टाँगेर प्रजाका सेवामा हिंडे जस्तो दास नेपालीहरु अहिले पनि नेपालमा धरै जिउँदै छौं ।
राजतन्त्रात्मक शासन गलत भयो, निरंकुश भयो, तानाशाही भयो, शोषण भयो, दमन भयो भन्दै ब्यवस्था परिवर्तन गर्ने लडाई पनि हाम्रै पुस्ताले लड्यो । लोकतन्त्र, समाजबाद र निरंकुशताको अन्त्यको नारासहित कांग्रेसले आन्दोलनको नेतृत्व ग-यो । धेरै नेपाली काँग्रेसको पछि लागे । काँग्रेस ठुलो पार्टी बन्यो । लामो समय शासन पनि गर्न पायो । हामीमा फेरी तानाशाहीको भोक जाग्यो । हुँदा खाँदाको संसद भंग गरेर काँग्रेसका नेता गिरिजा कोईरालामा अविच्छिन्न शासक बन्ने ईच्छा ब्यक्त गर्दै संसद भंग गरियो । कृष्णप्रसाद भट्टराई जस्तो त्यागी, गणेशमान सिंह जस्तो निस्वार्थ मान्छे राजनीतिमा अगाडि बढेको गिरिजाबाबुलाई मन परेन । कोइरालाले गरेको गल्ती औंल्याउने गुरु घिमिरे, गगन थापा, प्रकाशमान सिंह, प्रदिप गिरी कोईरालाहरुलाई मन परेन । सबैलाई भुईमा थचार्ने गरी कोईराला समूहले कांग्रेसमा निरंकुता लाद्यो । गिरिजाको कदमले न त उनै कोइरालालाई फाईदा ग-यो न ब्यवस्थालाई । काँग्रेसका कारण ४६ सालमा प्राप्त प्रजातान्त्रीक ब्यवस्था नै बदनाम भयो । संसदीय प्रजातन्त्रको बदनामीको जगमा माओवादीले जनयुद्ध जन्माए र कोइरालाको गलत शासन पद्दतीको फाईदा उठाउँदै माओवादी जनयुद्धले मलजल पायो ।
हुँदा खाँदाको संसद भंग गरेर काँग्रेसका नेता गिरिजा कोईरालामा अविच्छिन्न शासक बन्ने ईच्छा ब्यक्त गर्दै संसद भंग गरियो । कृष्णप्रसाद भट्टराई जस्तो त्यागी, गणेशमान सिंह जस्तो निस्वार्थ मान्छे राजनीतिमा अगाडि बढेको गिरिजाबाबुलाई मन परेन । कोइरालाले गरेको गल्ती औंल्याउने गुरु घिमिरे, गगन थापा, प्रकाशमान सिंह, प्रदिप गिरी कोईरालाहरुलाई मन परेन । सबैलाई भुईमा थचार्ने गरी कोईराला समूहले कांग्रेसमा निरंकुशता लाद्यो ।
निरंकुश राजतन्त्र र बदनामी कमाएको संसदीय निरंकुशताका कमी कमजोरीमा टेकेर जनयुद्ध मौलाउंदै थियो । शोषित पीडित जनतामा जागरण आउँदै थियो । हेपिएका दबिएका जनताहरु उठ्दै थिए । अघिल्लो दुई शासकको कमजोरीको फाईदा लिँंदै जनयुद्ध अगाडि बढ्दै थियो, त्यही जनयुद्ध भित्र अर्को तानाशाही चिन्तनले बिजारोपण ग-यो । जुनयुद्धकै घेराभित्र एउटा वर्गले अर्को वर्गको अस्तित्व अस्विकार गर्ने प्रवृतिको विकास भयो । एउटा समूह नेतृत्वलाई देवत्वकरण गर्दै स्तुती गानमा लिप्त हुन थाले । नयाँ दर्शन नै अविस्कार गरे जस्तै गरी एउटा समूह ’जनम भयो जनम भयो प्रचण्डपथको जनम भयो’ भन्दै स्तुती गान गाउन अग्रसर भए । सारमा ’जनम भयो जनम भयो प्रचण्डपथको जनम भयो’ भन्ने युद्ध गीत ’श्रीमान गम्भीर नेपाली……’ भन्दा फरक थिएन ।
फरक मत राख्ने, नेतृत्वको आलोचना गर्ने र कमजोरी औंल्याउने धेरै कार्यकर्ताहरु श्रम शिविरमा बस्न बाध्य भए । कतिपय नेतालाई युद्धबन्दी नै बनाईयो । युद्ध सरदारहरु जन्मिए । युद्ध हाँक्ने सारथीहरुमा नै सडकमा छताछुल्ल हुने गरी विवाद बढेपछि गन्तब्य नपुग्दै युद्ध विसर्जन गरियो ।
फरक मत राख्ने, नेतृत्वको आलोचना गर्ने र कमजोरी औंल्याउने धेरै कार्यकर्ताहरु श्रम शिविरमा बस्न बाध्य भए । कतिपय नेतालाई युद्धबन्दी नै बनाईयो । युद्ध सरदारहरु जन्मिए । युद्ध हाँक्ने सारथीहरुमा नै सडकमा छताछुल्ल हुने गरी विवाद बढेपछि गन्तब्य नपुग्दै युद्ध विसर्जन गरियो ।
नेपाली राजनीतिका ३ वटा तानाशाह बन्ने तमन्ना सहितको घटनाबाट पाठ सिक्नै ०६२/६३ को जन आन्दोलन भयो । नागरिकले नपत्याएको आन्दोलनमा नागरिक अगुवाहरुलाई साछी राखेर दलका नेताहरुले बिगतको गल्ती र कमजोरी नदोहो¥याउने बाचा गरेपछि मात्र नागरिकहरु सडकमा निस्के । नागरिकको हुन्डरीले सयौं वर्षदेखि जनतामाथि कुनै न कुनै रुपमा निरंकुशता लाद्दै आएको ब्यवस्था अन्त्य गरिदियो । राजतन्त्रको अन्त्य भयो । संघीय गणतन्त्रको स्थापना भयो । धर्म निरपेक्षता, समावेशी शासन ब्यवस्था सहितको लोकतन्त्र आयो भनियो । विस्तारै संघीयताको कार्यान्वयन हुन थाल्यो । नागरिकले सदरमुकाम वा राजधानी धाएर हप्तौं कुर्नु पर्ने काम गाँउघरकै स्थानीय तहबाट हुन थाल्यो । विकास निर्माण र सामान्य न्याय निरुपण घरआँगनमै हुन थाल्यो ।
गाँउ दुर दराजमा संघीयताले सकारात्मक सन्देश दिन थालेकै अवस्थामा केन्द्रीय राजनीति गर्ने मठाधीसहरुमा भने पुरानो सामान्ती शैली र निरंकुशताको सपनाले फेरि कुत्कुत्याउन थाल्यो । तीन दशकसम्म स्थायित्व नभएका कारण देशको बेहाल भएको अवस्थामा जनताले दशकौंपछि दिएको स्थायित्वको अभिमत मठाधीसहरुका लागि अभिषाप हुन पुग्यो । जनताले स्थायित्व कुनै अमुक व्यक्तिलाई होईन, पार्टीले अगाडि सारेको घोषणापत्रलाई दिएका थिए । कनै व्यक्तिको अनुहार मन परेर होइन जनताले कम्युनिष्ट एकताको पक्षमा मत जाहेर गरेका थिए र जनताले राष्ट कुनै व्यक्तिको बपौता बनाउन होइन विकास र समृद्दीको सपना बुन्दै राजनीतिक दललाई भोट दिएका थिए ।
हामीले फेरी रैती चरित्र देखाउन थाल्यौं र भन्न थाल्यौं जनताले केपी ओलीको अनुहारलाई भोट दिएका थिए । हामीले भन्न थाल्यौं केपी ओलीका कारणले चुनाव जित्यौंं । हामीले भन्न थाल्यौं ‘ओली बा’ त अन्तरयामी, विलक्षण प्रतिभाका प्रतिमुर्ति, साक्षात अवतार आदिआदि । हुँदाहुँदा हिजो निरंकुश दरबारकै जुठोपुरोमा चर्चा कमाएकी कोमल ओलीले त गीत नै गाउन भ्याईछन् , ’तिमी केवल व्यक्ति होईनौ, विचारका खानी, युवा तिम्लाई सम्मान गर्छन् राजनेता ठानी……नेपालीको ढुकढुकी र भरोसाको केन्द्र, तिम्रो जिवन देशको लागि विकासको यन्त्र……फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई……’
परम्परादेखि दास, प्रजा र रैती बन्ने बानी परेको हामीलाई दललाई, विचारलाई र घोषणापत्रलाई दिएको मत पचेन । हामीले फेरी रैती चरित्र देखाउन थाल्यौं र भन्न थाल्यौं जनताले केपी ओलीको अनुहारलाई भोट दिएका थिए । हामीले भन्न थाल्यौं केपी ओलीका कारणले चुनाव जित्यौंं । हामीले भन्न थाल्यौं ‘ओली बा’ त अन्तरयामी, विलक्षण प्रतिभाका प्रतिमुर्ति, साक्षात अवतार आदिआदि । हुँदाहुँदा हिजो निरंकुश दरबारकै जुठोपुरोमा चर्चा कमाएकी कोमल ओलीले त गीत नै गाउन भ्याईछन् , ’तिमी केवल व्यक्ति होईनौ, विचारका खानी, युवा तिम्लाई सम्मान गर्छन् राजनेता ठानी……नेपालीको ढुकढुकी र भरोसाको केन्द्र, तिम्रो जिवन देशको लागि विकासको यन्त्र……फेरि पनि ल्याउनुपर्छ केपी ओलीलाई……’
दास, रैती र प्रजा मात्र बन्न सिकेका हामीले मठाधीसको गीत गाईरहँदा म राजा होईन भन्ने चेत ओलीलाई आएन, बरु उनका फुलेका जुँगा काला हुँदै गए । रैतीहरुले उनको देवत्वकरण गर्दा उनीमा माक्र्सवादी चिन्तन जागृत भएन बरु आफु राजा नै भएको अनुभूति भयो । ओलीको पछिल्ला प्रवृत्ति सामान्ती राजाका भन्दा कम छैनन् । उनको घमण्ड, उनको अहंकार गद्दीमा बसे लगत्तै ’म टुलुटुलु हरेर बस्ने राजा होईन, देख्ने तर नबोल्ने राजा होईन’ भन्ने ज्ञानेन्द्र शाहको भन्दा कम छैन ।
राजाबादीहरुले अब खाली ’बुझेँ बुझेँ’ मात्र भन्न जान्ने ज्ञानेन्द्र भन्दा देश दुनियाको व्याख्या गर्न सक्ने, धार्मीक प्रवचन र दर्शनको विश्लेषण, साम दाम दण्ड भेदका ज्ञाता र राजामा हुनुपर्ने सबै गुण भएका जय जय मात्र सुन्न मन पराउने हाम्रा ’ओली बा’ कमरेडलाई नै राजा मानेर राजावादी आन्दोलन अगाडि बढाउन ठिक होला की !
के हामीले परम्परावादी सामान्ती राजा फालेर आधुनिक गफाडी राजा खोजेका हौं ?
प्रतिक्रिया