अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बायडनले सपथ ग्रहण गरेका छन् ।
राजधानी वासिङ्गटन डिसीस्थित अमेरिकी संसद भवन क्यापिटोल हिलमा आयोजित भव्य समारोहमा बाइडेनले ४६औं राष्ट्रपतिको रूपमा सपथ लिएका हुन् ।
बाइडेनले अमेरिकाका प्रधानन्यायाधीस जोन रोवर्ट समक्ष बाइवलमा हात राखेर सपथ दिएका छन् ।
बाइडेनसँगै उपराष्ट्रपति कमला ह्यारिसले पनि सपथ ग्रहण गरेकी छिन् । कमला अमेरिकी इतिहासमा यतिधेरै माथिल्लो पदमा पुग्ने पहिलो महिला हुन् ।
अमेरिकी समयअनुसार ११ बजेर २० मिनेटजाँदा सपथग्रहण समारोहको औपचारिक सुरूवात भएको थियो । बाइडेनले
बाइडेनको सपथ ग्रहण कार्यक्रममा अमेरिकाका सबै जीवित राष्ट्रपति, प्रथम महिला र उपराष्ट्रपति, सभामुख न्यान्सी पेलोसी लगायत विशिष्ठ अतिथिहरूको उपस्थिति रहेको थियो ।
तर, निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले भने सपथग्रहण समारोहला बहिष्कार गरेका छन् । ट्रम्प सपथग्रहण अघि वासिङ्गटन डिसी छोडेर फ्लोरिडास्थित आफ्नो रिसोर्टमा गएका छन् । यद्यपी, उपराष्ट्रपति माइक पेन्स भने उपस्थित भएका छन् ।
अमेरिकी इतिहासमा सन् १९६९ पछि कुनैपनि जाँदै गरेका राष्ट्रपतिले आउँदै गरेका राष्ट्रपतिको सपथग्रहण समारोहमा अनुपस्थित भएको यो ने पहिलो घटना हो ।
सपथ ग्रहण समारोहमा हिंसा फैलिन नदिन उच्च सुरक्षा व्यवस्था मिलाइएको छ ।
ट्रम्पका समर्थकहरूले जनवरी ६ मा संसद भवनमा हिंसात्मक आक्रमण गरेपछि कडा सुरक्षा व्यवस्था मिलाइएको हो । यसका लागि २० हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ भने क्यापिटोल हिल आसपासको क्षेत्रलाई छाउनीमा परिणत गरिएको छ ।
प्रतिक्रिया