५ बैशाख २०८२, शुक्रबार | April 18, 2025

पर्यटकलाई अकर्षित गर्न शैलुङडाँडामा २५० केजीको घण्टी राखियो



चरिकोट । पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको शैलुङडाँडामा पर्यटकलाई अकर्षित गर्न २५० केजीको घण्टी राखिएको छ । दोलखा र रामेछापको सिमाना शैलुङ गाउँपालिकाको वडा नं ८ मा पर्ने शैलुङमा गाउँपालिकाको रु पाँच लाख ५० हजारमा घण्टी राखिएको गाउँपालिकाले जनाएको छ ।

प्राकृतिकरूपमा सुन्दर रहेको १०० साना–साना पहाडको थुम्का मिलेर बनेको शैलुङडाँडाको प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढाउन गाउँपालिकाले निर्माण गरिरहेको विभिन्न पूर्वधारअन्तर्गत जिल्लाकै सबैभन्दा ठूलो घण्टी राखिएको गाउँपालिकाका अध्यक्ष भरत दुलालले बताए । आवश्यक पुर्वाधार नहुँदा र प्रचारप्रसारको अभाव रहेपनि हाल शैलुङ जाने आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ ।

गाउँपालिकाले शैलुङको विकासका लागि गुरुयोजना निर्माण गरी धमाधम पूर्वाधार निर्माण गरिरहेको छ । गाउँपालिकाले हाल कालापानीसम्म सडक निर्माण गरिसकेको छ भने कालापानीबाट शैलुङडाँडासम्म पुग्न प्रदेश सरकारको सहयोगमा पदमार्ग निर्माण गरेको छ ।

शैलुङको पर्यटन प्रवद्र्धनले सिङ्गो गाउँपालिकाकै आर्थिक तथा समग्र क्षेत्रमा विकास गराउन सकिने हुँदा विशेष प्राथमिकतामा राखी प्रचार र पूर्वाधार निर्माण गरिरहेको अध्यक्ष दुलालले बताउनुभयो ।

समुद्री सतहदेखि तीन हजार ३०० मिटर उचाइमा रहेको शैलुङडाँडा हिउँले सेताम्य बनेपछि पर्याटकको चहलपहल बढ्ने गरेको वडाध्यक्ष रामेश्वर उप्रेतीले बताए । राजधानी काठमाडाँैबाट मुडे र चरिकोट हुँदै सहजै शैलुङ पुग्न सकिन्छ ।

राजधानी काठमाडौबाट १२५ किलोमिटरको दूरीमा मुडे बजार हुँदै शैलुङको बेसक्याम्प भनिने कालापानीसम्म यातायातमार्फत पुग्न सकिन्छ भने कलापानीबाट केही समय पैदलयात्रा गर्दै शैलुङ पुग्न सकिन्छ । ङडाँडाबाट शैलुङको सय थुम्का, गौरीशङ्कर हिमाल, रोल्वालिङ हिमशृङ्खला साथै दोलखा रामेछाप र सिन्धुपाल्चोको विभिन्न रमणीय क्षेत्रको अवलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ६ : २८ बजे

गुरुहरूको आन्दोलन यात्रुलाई सास्ती…सरहरु भन्छन् -‘सरकारले नसुनेपनि हेरिरहेको छ’

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका

सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित भएको कर्णालीका मुख्यमन्त्री कँडेलको आरोप

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीय सरकारकै कारण

दर्ता गर्न नआए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाइने सञ्चारमन्त्रीको चेतावनी

काठमाडौं । सरकारले सामाजिक सञ्जाल दर्ता गर्न तोकेको म्याद सकिन

पुल्चोक-गोन्द्राङ सडकको उद्घाटन

चितवन । भरतपुरमा नवनिर्मित ६ लेनको सडक उदघाटन गरिएको छ।

तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सिन्धुपाल्चोकको तातोपानी नाका