२ माघ २०८१, बुधबार | January 15, 2025

नेपाल भेन्टिलेटर बैंकलाई फोन पे मार्फत सहयोग रकम हस्तान्तरण



काठमाडौ । नेपाल भेन्टिलेटर बैंकले सय दिनमा एक हजार भेन्टिलेटर उपलब्ध गराउने अभियानमा साथ दिएको फोन पे पेमेन्ट सर्विस लिमिटेडले सहयोग रकम हस्तान्तरण गरेको छ ।

यस अभियान अन्तरगत फोन पे नेटवर्कबाट अन्तरबैंक कारोबार गर्दा प्रतिकारोबार रू एक छुट्याइएको थियो । यसरी छुट्याइएको ५ लाख ९१ हजार ६ सय ७ रूपैयाँ नेपाल भेन्टिलेटर बैंकलाई उपलब्ध गराइएको हो ।

सहयोग रकम एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले भेन्टिलेटर बैंकका अध्यक्ष निरञ्जन श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

भेन्टिलेटर बैंकलाई सहयोग गर्नका लागि भाद्र १ गतेदेखि एक महिनासम्म यो अभियान लागु गरिएको थियो । एफवान सफ्ट गु्रपका अध्यक्ष विश्वास ढकालले भने ‘यो विषम परिस्थितीमा भेन्टिलेटरको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उदेश्यले भेन्टिलेटर बैंकलाई थोरै भएपनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ ’।

पmोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली अपरेटर हो । फोनपे नेटवर्कमा ५२ वटा बैक तथा वित्तीय संस्था आवद्ध छन् भने एक लाख ६० हजार बढि मर्चेन्ट रहेका छन् । ११ लाख मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ३२ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्मार्फत यसले सेवा प्रदान गर्दै आएको छ । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’पीसीआइ डिएसएस भि थ्रि.टु.वान(PCI DSS v3.2.1) प्रमाणीकरण प्राप्त संस्था हो ।

६० भेन्टिलेटर लगायतका सघन उपचारका उपकरणहरूको साथ नेपाल भेन्टिलेटर बैंकले १७ जिल्लामा सरकारी, सामुदायिक र निजी अस्पतालहरूलाई सेवा प्रदान गर्दै आएको र १००० भन्दा बढि व्यक्तिको ज्यान बचाउन सहयोग गरेको छ । प्रत्येक प्रदेशमा शाखा कार्यालय स्थापना गर्ने उदेश्यले नेपाल भेन्टिलेटर बैंकले भर्खरै गण्डकी प्रदेश, पोखरामा आफ्नो पहिलो प्रदेश कार्यालय सुरू गरिसकेको छ ।

प्रकाशित मिति : १५ पुस २०७७, बुधबार  ८ : १५ बजे

भूकम्पपीडितका घर निर्माणको प्रक्रियागत काम सुरु

सुर्खेत । चौध महिनादेखि भूकम्पपीडितको घर निर्माण प्रक्रिया सुरु नभएर

आशिका तामाङ पक्राउ

काठमाडौं । अभिनेत्री तथा अभियन्ताको रुपमा चिनिएकी आशिका तामाङ पक्राउ

आलोकनगरमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । एकीकृत समाजवादीको

पर्यटन उद्योगको विकासका लागि हरसम्भव सहयोग हुने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय सुकेधारामा निर्माण भएको

अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छ : प्रधानमन्त्री

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै