२९ फाल्गुन २०८१, बिहिबार | March 14, 2025

आर्थिक समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यकः उद्योगी व्यवसायी



रुपन्देही । आर्थिक समृद्धि र व्यावसायिक विकासका लागि मुलुकमा राजनीतिक स्थायित्व जरुरी रहेको उद्योगी व्यवसायीले बताएका छन् ।

रुपन्देही व्यापार सङ्घको १९औँ वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय मुलुकमा देखिएको राजनीतिक अस्थिरताका कारण आर्थिक क्षेत्र नराम्ररी प्रभावित हुन सक्नेतर्फ सम्बेदनशील हुन सम्बन्धीत सबै पक्षलाई गरे ।

उनीहरुले राजनीतिक आन्दोलनपछि देश स्थिरतातर्फ अगाडि बढेको अवस्थामा पछिल्ला दिनहरुमा केही असहजताको स्थिति देखापरेकोप्रति चिन्ता व्यक्त गर्दै व्यवसायीहरु सधैँ राजनीतिक स्थिरताको पक्षमा रहेको स्पष्ट पारे । उनीहरुले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न र आफ्नो राजनीतिक स्वार्थभन्दा देशको आर्थिक समृद्धिलाई माथि राख्नसमेत सबै राजनीतिक दललाई आग्रह गरे ।

यसरी आग्रह गर्नेहरुमा रुपन्देही व्यापार सङ्घका पूर्वअध्यक्ष मोतिलाल पाण्डे, श्रीकृष्ण पोखरेल, टङ्कप्रसाद पोखरेल, निर्वतमान अध्यक्ष पदमप्रसाद श्रेष्ठ, सङ्घका सल्लाहकार एवं लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, तिलोत्तमा व्यापार सङ्घका अध्यक्ष जेपी कँडेल, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, बुटवल उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष उज्ज्वल कसजु र रुपन्देही उद्योग सङ्घका अध्यक्ष बाबुराम बोहराल गायतका छन् ।

सो अवसरमा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्योगी र उपभोक्ताका बीचमा बसेर पुलका रुपमा काम गर्ने व्यापारी वर्गको आर्थिक विकासमा धेरै महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै आत्मनिर्भर अर्थतन्त्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्न उद्योगी व्यवसायीहरुलार्य आग्रह गरे।

नगरप्रमुख सुवेदीले कोभिडको पीडाबीच व्यापारी तथा सर्वसाधारण जनताले देखाएको धैर्यतालाई कसैले पनि नजरअन्दाज गर्न नसक्ने उल्लेख गर्दै कुनै पनि राजनीतिक विवादले राज्यका नीति कार्यान्वयन गर्न बाधा नआउने विश्वास व्यक्त गरे ।

सङ्घका अध्यक्ष यमलाल लोहनीले कोभिड–१९ को महामारीका कारण व्यवसाय क्षेत्रमा निक्कै ठूलो आर्थिक क्षति भएको उल्लेख गर्दै साना व्यवसाय गर्ने व्यवसायी तथा मजदूरी गरी खानेहरु बढी प्रभावित भएको बताए ।

प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले व्यवसायीहरुका लागि राज्य सधैं सहयोगीको भूमिकामा रहने उल्लेख गर्दै जनताको आवश्यकता र चाहनालाई सबैले आत्मसात् गर्नुपर्ने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  ८ : ५६ बजे

रिङ्कु सदा मृत्यु प्रकरणमा थप दुईजना पक्राउ

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी

जामा मस्जिद प्रकरण : आर्थिक अनियमितताको आरोप लागेको तदर्थ समिति अदालतबाट ब्युँताइयो

नेपालगन्ज । करोडौंको अपचलनको आरोपमा प्रशासनले छानविन गरिरहेको नेपालगन्जको दारुल

फागुन शुक्ल पूर्णिमाः हिमाली र पहाडी जिल्लामा मनाइयो होली पर्व

काठमाडौँ । फागु पूर्णिमा अर्थात् होली पर्व आज हिमाली एवं

उच्छृङ्खल गतिविधि गरेको आरोपमा ५५ जना नियन्त्रणमा

काठमाडौँ । होली मनाउने क्रममा उच्छृङ्खल गतिविधि गरेको आरोपमा प्रहरीले

युगाण्डासँग हारेसँगै नेपाल फाइनलको दौडबाट बाहिर

काठमाडौँ । नेपालले जारी चार देशीय सिरिजमा चौथो हार बेहोरेको