२८ मंसिर २०८२, आइतबार | December 14, 2025

चिनियाँ प्रतिनिधिमण्डल एकाबिहानै प्रचण्ड निवासमा



काठमाडौं । नेपाल अवतरण गर्दा गर्दै राष्ट्रपति विद्याभण्डारीसँग भेटवार्ता गरेको चिनियाँ उच्चस्तरिय प्रतिनिधिमण्डल आज बिहानै नेकपा अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ ।

नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ सहितको प्रतिनिधि मण्डलको खुमलटारमा नेकपा अध्यक्ष प्रचण्डसँग भेटवार्ता भएको हो ।

करिब डेढघण्टा लामो भेटवार्तामा अध्यक्ष प्रचण्डलाई ििचनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश चिनियाँ राष्ट्रपति सी चिनफिङले पठाएको सन्देश सुनाएका थिए।

भेटवार्तामा संसद विघटन, नेकपा विभाजन, नयाँ राजनीतिक परिस्थितीलगायत विषयमा छलफल  भएको छ।

यसअघि आइतबार चिनियाँ टोलीले अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारी र साँझ प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गरिसकेको छ ।

नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपाललाई पनि उनले आजै दिउँसो भेट गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधि मण्डल चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका हुन् ।

प्रकाशित मिति : १३ पुस २०७७, सोमबार  १० : १८ बजे

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

शिवम् सिमेन्टले आफ्ना सेयरधनीलाई १२.५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । शिवम् सिमेन्टको दशौँ वार्षिक साधारणसभाले आफ्ना सेयरधनीलाई १२.५

शिवम् सिमेन्टद्वारा छात्रा लक्षित छात्रवृत्ति प्रदान

हेटौंडा । सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरूको संख्या घट्दै गएको पृष्ठभूमिलाई

सिद्धार्थ बैंकका ग्राहकले अब पाउनेछन् चम्पादेबी हिलसाइड रिसोर्टमा २०% सम्मको छुट

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले अब चम्पादेबी हिलसाइड रिसोर्टमा २०%