११ पुस २०८१, बिहिबार | December 26, 2024

जेसिबीले खन्दै गर्दा घरमाथी ढुंगा खस्यो, १ महिने बालकको मृत्यु



कावासोती । नवलपरासी (वर्दघाट सुस्तापूर्व) जिल्लाको हुप्सेकोट गाउँपालिका २ गैंडाखोला जमुनेबाँधमा जेसिबीले खन्दै गर्दा घरमाथी खसेको ढुंगा लागेर एक महिने बालकको मृत्यु भएको छ ।

हुप्सेकोटको जमुनेबाँध स्थित शोभा परियारको घडेरीमा खन्दै गरेको लु १ क ४२२३ नम्बरको जेसिबीले ढुंगा पल्टाउने क्रममा ५० मिटर तल रहेको पहल सिंह परियारको घरमाथी ढुंगा परेको थियो ।

ढुंगाले घरको गाह्रो भत्कन गई कोठा भित्र रहेका १ महिने बालक रेमन परियारको बुधबार साँझ घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

पहल सिंह परियारकी बुहारी २२ वर्षकी ज्योती परियारले सो बेला घरभित्र आफ्नै १ महिनाको छोरा रेमनलाई तेलले सेक्दै गर्दा ढुंगाले लागेको जनाईएको छ ।

ज्योती परियार घाईते भएको र उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा सामान्य उपचार पश्चात थप उपचारको लागी भरतपुर अस्पताल चितवन पठाईएको प्रहरीले जनाएको छ । उनको टाउको, छाती र हातमा चोट लागेको छ ।

मृतक बच्चाको प्रारम्भिक अनुसन्धान पश्चात शव परीक्षणका लागी मध्यबिन्दु जिल्ला अस्पताल डण्डा पठाईएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

प्रकाशित मिति : ९ पुस २०७७, बिहिबार  २ : ४७ बजे

‘ड्रागन बोट रेस’मा सहभागी बोकेको सिचुवान एयरलाइन्सको जहाज पोखरामा अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक

गुल्मीको छत्रकोटमा जिपलाइन सञ्चालन हुँदै

तम्घास । जिल्लाको छत्रकोट गाउँपालिकामा जिपलाइन सञ्चालन हुने भएको छ

बयानका लागि रवि लामिछानेलाई अदालत लगियो

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्ध

नेवा देय् दबु तिलोतमाको अध्यक्षमा कक्षपति

तिलोतमा । नेवा देय् दबु तिलोतमा नगर समितिको दोस्रो अधिवेशनले

मङ्कीपक्स सङ्क्रमितको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । मङ्कीपक्स सङ्क्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ