१५ आश्विन २०८१, मंगलबार | October 1, 2024

संसद विघटनका विरुद्ध नेपाली कांग्रेसले पुस १६ गते देशब्यापी प्रदर्शन गर्ने



काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ ।कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको हो ।

बैठकले राष्ट्रिय मेलमिलाप दिवसका दिन पुस १६ गते देशभर विरोध प्रदर्शन गर्ने बिषयमा टुङ्गो लागेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले संसद् विघटनको विरुद्ध आन्दोलन गर्ने प्रस्ताव गरेका थिए ।

बैठकमा बोल्ने नेताहरूले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम निरंकुशतातर्फ उन्मुख रहेको बताएका थिए।

बैठकमा गगन थापा, रामशरण महत, आनन्द ढुंगाना र बलबहादुर केसीले आआफ्नो धारणा राखेका थिए ।कांग्रेसका एक केन्द्रीय सदस्यका अनुसार अन्दोलनको मोडालिटीका बिषयमा भने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ५ : ३० बजे

पूर्वबाट फेरि मौसम बदली सुरु

काठमाडौं । ठूलो विपत्तिको सामना गरेर केही दिन खुलेको मौसममा

एमाले सचिवालय बैठक जारी

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक राजधानीको एक

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय १८ पुग्यो, २७ बेपत्ता, १४३ जना घाइते

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढीपहिरोमा परी देशभर २१८ जनाको

अखिल क्रान्तिकारीले उमेर हदको विवाद मतदानबाट टुंगाउदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले उमेर

परराष्ट्रमन्त्री डा राणा र एमसिसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

अमेरिका । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय