७ बैशाख २०८२, आइतबार | April 20, 2025

गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु



गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ ।

दुर्घटनामा परी जिल्लाको मुसिकोट नगरपालिका-५ की ३१ वर्षीया पार्वती विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदारनाथ पन्तले जानकारी दिए ।

मुसिकोट नगरपालिकाको वामिटक्सारबाट सदरमुकाम तम्घासतर्फ आउँदै गरेको लु ३ त ११०० नंको ट्याक्टर चिउरी डाँडामा दुर्घटनामा परेको हो ।

दुर्घटनामा इस्मा गाउँपालिका-२ का चालक ३२ वर्षीय कृष्ण कुमाल घाइते भएका छन् । उनको गुल्मी अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ ।

ट्याक्टर अनियन्त्रित भई सडकदेखि ७०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ पुस २०७७, सोमबार  ६ : २५ बजे

संवैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी

काठमाडौं। संबैधानिक निकायका ५२ नियुक्तिका बारेमा सर्वोच्च अदालतमा सुनवाइ जारी

निजी विद्यालय बन्द गरेर आन्दोलनलाई सघाउन शिक्षक महासंघको आह्वान

काठमाडौं । नेपाल शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भएको

माइतीघर-नयाँ वानेश्वर क्षेत्रमा प्रदर्शन, ट्राफिक डाइभर्सन हुँदा सर्वसाधारणलाई हैरानी

काठमाडौं । नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को

जितगढी विजय उत्सव २०८२ मुल समारोह LIVE

जितगढी विजय उत्सव २०८२ मुल समारोह

असोज बाढीपहिरो : सात महिनापछि बल्ल काभ्रेमा निजी आवासको क्षति आकलन सुरु

काभ्रेपलाञ्चोक । २०८१ असोज दोस्रो साताको अविरल वर्षापछिको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा