८ मंसिर २०८१, शनिबार | November 23, 2024

सोच, प्रवृति र समृद्धि



लामो समयको राजनीतिक सघर्षपछि २०७२ सालमा नयाँ संविधान आइसकेपछि नेपालमा संघीय गणतान्त्रिक शासन व्यवस्था रहेको छ ।

यो व्यवस्था अघिल्ला व्यवस्थाहरु भन्दा बढी प्रगतिशील र समावेशी छ भने तल्लो तहमा वितीय स्रोत र अधिकार विकेन्द्रीत भएको स्थिति छ ।नागरिकहरुको लागि थुप्रै मौलिक अधिकारहरुको व्यवस्था गरिएको छ । छोटो समयमा पटक पटकका राजनीतिक परिवर्तनपछि वास्तवमा अव आर्थिक सम्वृद्वि तर्फ तीव्रदरमा लाग्नु पर्ने समय आएको छ । राजनैतिक परिवर्तन भन्दा आर्थिक रुपान्तरणको लागि बढी समय लाग्ने र जटिल हुने देखिएको छ ।

२०७४ सालमा नयाँ संघीय प्रणाली अनुसार तीन तहको सरकारको निर्वाचन सम्पन्न भै संघ र ६ वटा प्रदेशमा बहुमत प्राप्त पार्टीको सरकार बन्न सफल भएको छ । तर, सरकारको तीन वर्ष पुग्दै गर्दा असंन्तोषका केही लहरहरु देखिन थालेका छन् । सताधारी दल भित्रको किचलोले चरम रुप लिन पुगेको छ । किचलो र एक अर्का बीच आरोप प्रत्यारोपले गर्दा केही भएका राम्रा उपलब्धीहरु पनि ओझेलमा परेका छन् भने जनअपेक्षित रुपले तीव्रदरमा विकासको काम हुन सकेको छैन ।

विश्वका थुप्रै देशहरुका विकासका इतिहासलाई केलाएर अर्थशास्त्री डरोन एकेमोग्लु र जेम्स रविन्सनले लेखेको “किन देशहरु असफल हुन्छन” भने पुस्तकको सार चाहि के छ भने देश विकसित हुन समय समयमा महत्वपूर्ण मोडहरु आउछँन, त्यतिखेर देशले सहि दिशा समात्नसक्यो भने मात्र विकास हुन्छ । त्यस्ता मोडहरु खासगरी राजनैतिक व्यवस्था परिवर्तन हुँदा प्राप्त हुन्छ । खासगरी समावेशी खालको राजनैतिक र आर्थिक प्रणाली स्थापित गर्न सक्ने हो भने मात्र विकासले सहि दिशा समात्छ र मानिसहरु उत्पादन र उत्पादकत्व बढाउन तर्फ लाग्छन । जसले गर्दा प्रति व्यक्ति आय बढछ र सम्वृद्वि प्राप्त हुन्छ । यो पुस्तकलाई आधार मान्ने हो भने अहिलेको संघीय गणातान्त्रिक व्यवस्था राजनैतिक रुपमा समावेशी छ । यसले समावेशी खालको आर्थिक प्रणाली निर्माण गर्न सक्ने आधार दिएको छ, । यो हुन सके नेपालमा सम्वृद्विले गति लिने निश्चित छ ।

हामी राजनैतिक रुपमा सहि बाटोमा भए पनि हाम्रा सोच र प्रवृतिले सम्वृद्विको बाटो समात्न केही व्यवधान सिर्जना गरिरहेको छ । यिनै सोच र प्रवृतिले गर्दा नेपालका राजनैतिक पार्टीहरु पनि आन्तरिक कलहमा नै समय विताउने गरेका छन् । केही यस्ता सोच र प्रवृतिमा सुधार होस भन्ने उद्देश्यले यहाँ चर्चा गर्ने जमर्को गरिएको छ ।

पहिलो, हामी कहाँ नकारात्मक सोचको वाहुल्यता रहेको छ । आफ्नो देशमा केही नै भएन र केही नै हुदैन भन्ने सोचले जरा गाडेको छ । आफूले प्रयास कम गर्ने, श्रम नगर्ने, शिक्षा ज्ञान र सीप हासिल गर्न कम चासो दिने तर अर्काका कुरा काटने र अर्काको डाहा गर्ने प्रवृति रहेको छ । नेपाल धिमा गतिमा भए पनि अगाडि बढेको छ तर केही नै नभएको जस्ता कुराहरु पनि हुने गर्छन तर आफैले भने काम खासै गर्र्दैनन । केही सफलताका कथाबाट सिक्ने भन्दा नकारात्मक घटनाहरुले बढी चर्चा पाउँछन् ।

दोस्रो, वर्तमानलाई सराप्ने, विगतको सम्झनामा रम्ने र भविष्यको लागि केही गर्ने जमर्को नगर्ने प्रवृति हाम्रो समाजमा रहेको छ । इतिहासले नै वर्तमान निर्माण गर्ने र वर्तमानमा गरेका कार्यहरुले भविष्य निर्माण गर्ने हो । तर, यसप्रकारको सोचको कमी छ । त्यसैले नागरिक भैसके पछि पनि प्रजा र रैती हुन राजनैतिक रुपमा विगतमा फर्कने चेष्ठा गरेको पाइन्छ । राजनैतिक व्यवस्था परिवर्तन कै गोलचक्करमा घुम्ने हो भने आर्थिक रुपमा कहिले अगाडि बढ्ने हो ? सोचनीय छ । अब, भविष्यको लागि आर्थिक सम्वृद्वितर्फ लाग्नु भन्दा अझै पनि नारा र जुलुसले स्वतः आर्थिक विकास गरिदिन्छ कि भन्ने सोच प्रवल रहेको छ ।

तेस्रो, सामाजिक स्वार्थ भन्दा व्यक्तिबादी स्वार्थ हावी राख्ने प्रवृति रहेको छ । आफ्नो आङको भैसी नदेख्ने तर अर्काको आङको जुम्रा देख्ने प्रवृति यत्रतत्र सर्वत्र देख्न पाइन्छ । राजनैतिक पार्टीहरुमा झगडाको मुख्य कारण यही प्रवृति विद्यमान रहेको छ । कसरी आफ्नै मात्र बढी फाइदा लिने भन्ने तर्फ लागेको पाइन्छ । यो प्रवृति नेपालको कर्मचारीतन्त्रमा पनि रहेको छ । भष्ट्राचारको मुख्य कारण पनि यही हो ।

राजनीतिक पार्टीहरुमा सतामा पुग्दा झगडा गर्ने र विपक्ष वा दमनमा परेको वेला मिल्ने प्रवृति छ । राजाको शासनको वेला चरम दमनमा परेको वेला मिलेर लडेका पार्टीहरु शासन परिवर्तन भएपछि आफै आफै लडन थाले ।

चौथो, राजनीतिक पार्टीहरुमा सतामा पुग्दा झगडा गर्ने र विपक्ष वा दमनमा परेको वेला मिल्ने प्रवृति छ । राजाको शासनको वेला चरम दमनमा परेको वेला मिलेर लडेका पार्टीहरु शासन परिवर्तन भएपछि आफै आफै लडन थाले । पार्टी पार्टीहरु बीच मात्र होइन पार्टी भित्रै पनि झगडा व्यापक हुने गरेको छ । मिलेर काम गर्ने प्रवृति नै छैन, असहिष्णुता विद्यमान छ । को भन्दा को कम भनि जुँगाको लडाई मचाउने काम गरिन्छ । आफै मात्र ठूलो बन्नु पर्ने र आफै मात्र ठूलो हुँ भन्ने सोच हाम्रो समाजमा गहिरो गरि रहेको छ । पदमा पुगेमा स्वतः ठूलो मान्छे भइन्छ भन्ने सोच रहेको छ । अर्को पुस्ताले सम्झनु पर्ने आधार बनाउन तर्फ लागेको पाइदैैन । आर्थिक सम्वृद्वि एक्लै हुदैन मिलेर काम गरे मात्र सम्भव छ ।

पाँचौ, विगतको सामन्ती सँस्कृति र जातिय तथा लैगिंक विभेदको सोच हामीबाट अझै हटेको छैन । विज्ञानलाई भन्दा भाग्यबाद कै भरोसा बढी छ । हामी विज्ञानसंगत ढंगले काम गर्नु भन्दा भगवान भरोसामा बढी विश्वास गर्छौ । अझै पनि धामी, झाक्री र बोक्सीमा विश्वास गर्ने ठूलै जमात छ । विद्यालयहरुको पहुँच पुगे पनि पढेर के हुन्छ भन्ने सोच हावी छ । यहाँ परिश्रम गर्नु भन्दा झोला बोकि मुग्लान पस्न बढी रुचाउँछौ ।

छैठौ, सरकारको सधै आलोचना । विगत तीन दशकलाई प्रत्यक्ष रुपमा अनुभव गर्दा के पाइयो भने सरकारलाई धेरै भन्दा धेरै खुइलाउने र त्यही सरकारबाट बढी भन्दा बढी अपेक्षा गर्ने प्रवृति रहेको छ । अनि सरकारबाट केही भएन भनेर वितृष्णा फैलाउने प्रवृति रहेको छ, जसले युवा पिढीलाई देशप्रति नै विरक्त बनाउने गरेको छ । काम गर्ने भन्दा सरकार कै विरोध गर्दैमा समय जान्छ । निरकुँश शासन व्यवस्थाको वेला मात्र होइन संवैधानिक राजतन्त्र र लोकतान्त्रिक गणतन्त्रमा पनि त्यो प्रवृति अझ प्रवल हुँदै गएको देखिन्छ । हाम्रो कर्मचारी सयन्त्रको क्षमता, निजी क्षेत्रको क्षमता र हाम्रो सोच, भौगोलिक अवस्थाले हामीले चाहेर पनि आर्थिक विकासमा दौडिन सकिन्छ जस्तो देखिदैन । उपनिवेश भएका देशहरु स्वतन्त्र हुँदा उपनिवेश बनाउने देशले कर्मचारी तथा आर्थिक प्रणाली र केही आधारभूत भौतिक पूर्वाधारहरु बनाइदिएको थियो । तर नेपालमा जहाँनिया राणा शासन हट्दा नेपालको विकासको स्तर शून्य कै स्तरमा रहेको कुरा विर्सनु हुदैन । अर्कोतर्फ, आलोचना सुनेर आफूलाई सुधार गर्ने र गलत ढंगले दोषारोपण गरेको अवस्थामा कानूनी ढंगले प्रमाणका आधार प्रतिवाद गर्ने चलन नै छैन । यसले गर्दा सर्वसाधारणहरु संचारमाध्यममा आएका सबै कुरा पताउन पुग्छन् र सरकार प्रति सधै नकारात्मक धारणा बन्दछ ।

हाम्रो कर्मचारी सयन्त्रको क्षमता, निजी क्षेत्रको क्षमता र हाम्रो सोच, भौगोलिक अवस्थाले हामीले चाहेर पनि आर्थिक विकासमा दौडिन सकिन्छ जस्तो देखिदैन ।

सातौ, काम पन्छाउने, जिम्मेवारी नलिने र दोषारोपण अरुलाई गर्ने प्रवृति । यो प्रवृति कर्मचारी तन्त्रमा बढी देखिन्छ भने समाजमा पनि देख्न पाइन्छ । आफू सधै सही, अरु गलत भन्ने सोच पनि यही प्रवृतिको उपज हो । यो प्रवृतिले उपलब्धि विहिन गोलचक्कर सिर्जना गर्दछ । सम्वृद्विको अपेक्षा गर्ने तर काम र जिम्मेवारी लिन तयार नहुने प्रवृतिले सम्वृद्वि हासिल हुदैन ।

अहिले विकसित रहेका युरोपियन देशहरु र अमेरिकाको आर्थिक सम्वृद्वि हासिल गर्न एक, डेढ सय वर्ष लागेको थियो । विश्वका विभिन्न देशहरुको खोजी गर्दै उपनिवेश बनाउने र ती देशहरुमा उपलब्ध बहुमुल्य धातुहरु तथा प्राकृतिक साधनहरु दोहन गर्ने, त्यहीका मानिसहरुलाई दास बनाई विकास निर्माणमा लगाएर ती देशहरुले सम्पन्नता प्राप्त गरेका हुन । अलि छोटो समयमा आर्थिक विकास हासिल गर्न सफल रहेका सिगांपुर, हंगकंग, दक्षिण कोरिया पनि कुनै वेला उपनिवेश मै रहेका हुन भने वाह्य तथा आन्तरिक युद्वको चपेटामा ठूलो चोट व्यहोरेकोले गर या मरको स्थितिबाट विकास गरेका हुन । जनसंख्या र भूगोलको हिसाबले यी देशहरु साना पनि छन । ती देशहरुले रणनीतिक हिसावले वैदेशिक सहयोगको प्राप्ती र राजनैतिक स्थिरताले गर्दा सरकारसंगै निजी क्षेत्रको गतिविधि बढेकोले गर्दा छोटो समयमा सम्वृद्वि हासिल गरेको हुन । त्यस्तै, छोटो समयमा गरिबी निवारण गर्दै आर्थिक विकास गर्न सफल रहेको देशमा विशाल जनसंख्या भएको चीन पनि पर्दछ । एकदलीय शासन व्यवस्थाले दिएको राजनैतिक स्थिरता र शक्तिशाली सरकार, विश्वको सम्पन्न राष्ट्रहरुलाई टक्कर दिने गरी विकास गर्ने हुटहुटी, पार्टी र सरकारको सामुहिक प्रयासले विकास सम्भव भएको देखिन्छ ।

अहिलेको वर्तमान अवस्थामा नेपाल जस्तो विकासशील देशमा आर्थिक सम्वृद्विको लागि सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाहरुको हातेमालो विना सम्भव छैन । निजी क्षेत्रको आर्थिक गतिविधि बढाउन सरकारी क्षेत्रको पनि गहन भूमिका रहेको हुन्छ । सरकारलाई खुइलाएर त्यो सम्भव छैन, सरकारी सयन्त्रमा काम गर्ने पनि हामी नेपालीहरु नै हो । त्यस्तै, निजी क्षेत्रलाई विश्वास नगर्ने सरकारी कर्मचारी तन्त्रको मनोवृति, सरकारलाई सकेसम्म छल्नुपर्छ भने निजी क्षेत्रको सोच दुवै नेपालको सम्वृद्विको लागि घातक छन् ।

यदि हामी युरोप र अमेरिका जस्तो आर्थिक सम्पन्नता हासिल गर्ने चाहना छ भने हामीमा विद्यमान माथि उल्लेखित सोच र प्रवृति परिवर्तन गर्नै पर्दछ । कसैले आएर नेपालको विकास गरि दिदैन् ।अतः हामीले हामीमा र हाम्रो समाजमा रहेको यस्ता गलत सोच र प्रवृतिलाई रुपान्तरण गर्ने तर्फ बहस गरौं र सोही अनुसार मिलेरपाइला चालौ तब मात्र सम्वृद्घि हासिल हुनसक्छ ।

-लेखक अर्थमन्त्रालयका आर्थिक सल्लाहकार हुन् ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ९ : ०२ बजे

अबुधाबीमा निर्यात प्रवर्द्धनबारे छलफल

काठमाडौं । आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनलाई विशेष जोड दिने

लगानी जुटेसँगै मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजना निर्माण सुरु

काठमाडौं । मनाङ मर्स्याङ्दी जलविद्युत् कम्पनीद्वारा प्रवर्दित एक सय ३५

राजापानी सिद्धेश्वर महादेव ओझेलमा

तनहुँ । धार्मिक तथा पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको व्यास

हुम्लामा राष्ट्रिय खोप कार्यक्रम

हुम्ला । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

काठमाडौं । चिलिमेको सहायक कम्पनी साञ्जेन जलविद्युत कम्पनी लिमिटेडले निर्माण