२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

सुमी र विजुलाई ‘डान्सिङ विद द स्टार नेपाल’को उपाधि



काठमाडौं । हिमालयन टेलिभिजनबाट प्रशारण हुदै आएको रियालिटी शो ‘डान्सिङ विद द स्टार नेपाल’काे उपाधि सुमी मोक्तान र विजु पार्कीले जितेका छन् ।

शनिबार सम्पन्न भएको फाइनलमा अन्य दुई प्रतिस्पर्धी जोडीलाई पछि पार्दै उपाधी हात पारेका हुन् । उपाधिसँगै उनीहरूले २० लाख पुरस्कारसमेत जितेका छन् ।

साथै विभिन्न गिफ्ट ह्याम्पर पनि उनीहरूले प्राप्त गरेका छन् । विजेतालाई हिमालय टिभीका प्रमुख धर्मराज भुसालले ट्रफी प्रदान गरेका थिए ।

यस्तै फर्स्ट रनरअपको उपाधि बुद्ध लामा र केविका गुरुङले प्राप्त गरे । सेकेन्ड रनरअप प्रियना आचार्य र सुभम् भुजेल बने । उनीहरुले पनि विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे ।

हिमालय टेलिभिजनबाट हरेक हप्ताको शुक्रबार र शनिबार यो शो प्रसारण हुँदै आएको थियो । यो शो मा निर्णायकको रूपमा गौरी मल्ल, दिलिप रायमाझी र रेनशा वान्तवा राई थिए ।

१२ जना स्टारहरूबाट प्रतिस्पर्धाको सुरुआत भएको थियो । १२ जना स्टार प्रतिस्पर्धी र उनीहरूको कोरियोग्राफर पार्टनरले डान्स गर्दै आएका थिए ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ४४ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको