२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कोरोनाका कारण बन्द रहेको सवारी लाइसेन्स नौ महिनापछि खुलाउँदै सरकार



काठमाडौं । सरकारले विगत नौ महिनादेखि बन्द रहेको विभिन्न किसिमका सवारी साधनको चालक अनुमतिपत्र (लाइसेन्स)को परीक्षा प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।

गत ११ चैत २०७६ देखि सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन गरेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको थियो । त्यसयता सरकारी कार्यालय खुलेर सेवा सुचारु भए पनि सवारी लाइसेन्सको परीक्षा भने खुलेको छैन ।

यातायात व्यवस्था कार्यालयले गत असारदेखि नै कार्यालय खुला गरेर सवारी दर्ता र नवीकरणको सेवा भने दिँदै आएको छ । यसरी लामो समयसम्म लाइसेन्स नखुल्दा सेवाग्राही मर्कामा पर्दै आएका छन् । सामान्य अवस्थामै लाइसेन्सका लागि भीडभाड हुने गरेकामा नौ महिनासम्म स्थगित हुँदा अब झनै चाप बढ्ने भएको छ ।

विभागले भने कोरोनाको जोखिम अझै नहटेको भन्दै कोटा तोकेर आवेदन खोल्ने तयारी गरिरहेकोे छ । लिखित र प्रयोगात्मक दुवै परीक्षाका लागि सामान्य अवस्थामा लिइरहेकोभन्दा करिब आधा मात्रै कोटा तोकेर परीक्षा सञ्चालन गर्ने तयारीमा विभागको रहेको छ । भीडभाडका कारण कोरोना संक्रमणको जोखिम हुने भन्दै कोटा तोक्न लागिएको विभागले जनाएको छ ।

विभागले सबै कार्यालयलाई परीक्षा सञ्चालनका लागि तयार रहन पत्राचार गरिसकेको जनाएको छ । कोरोना संक्रमणको सुरक्षाका लागि पीपीई, फेससिल्ड, मास्क, सेनिटाइजर आदिको व्यवस्थासहित तयार रहन विभागले भनेको छ ।

काठमाडौं उपत्यकामा भक्तपुरको जागती, काठमाडौंको ठूलो भयाङ, सुकेधारा र ललितपुरको एकान्तकुना गरी चारवटा कार्यालयमा परीक्षा सञ्चालन गर्ने गरिन्छ ।

विभागका अनुसार अब पुराना लाइसेन्स छपाइको काम भने सकिएको छ । अहिलेसम्म कुल २१ लाख स्मार्ट लाइसेन्सको माग भएको विभागले जनाएको छ ।

लकडाउनअगाडि मात्र ७ लाखभन्दा बढी स्मार्ट लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको थियो । ती सबै प्रिन्ट भइसकेको विभागले जनाएको छ । अब ट्रायल पास गरेकाहरूको नयाँ लाइसेन्स एक महिनाभित्रै पाउने गरी तयारी भइरहेको पनि विभाग बताउँछ ।

विगतका वर्षमा छपाइमा ढिलाइका कारण ट्रायल पास गरेकाहरूले पनि लाइसेन्स पाउन लामो कुनुपर्ने बाध्याता रहँदै आएको थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ७ : ०८ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको