२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

आजबाट बूढानीलकण्ठ मन्दिर खुला गरिँदै



काठमाडौं । कोरोनाभाइस संक्रमणका कारण नौ महीनादेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर आइतबारदेखि खुला गरिने भएको छ । बिहान ८ बजे विशेष कार्यक्रम र पूजा गरी मन्दिर भक्तजनका लागि खुला गरिँदैछ ।

कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले गत वर्ष ११ चैतमा बन्दाबन्दी लगाएकै दिनदेखि भक्तजनका लागि मन्दिर बन्द थियो ।

आजदेखि भने भक्तजनका लागि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले जानकारी दिए ।

उनका अनुसार आज बिहान ८ः१५ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धवप्रसाद खरेलले मन्दिर भक्तजनका लागि पनि खुला गरिएको घोषणा गर्नेछन् । मन्दिर बन्द हुँदा पनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ ।

मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहेको धार्मिक विश्वास छ ।

गएको वर्ष ११ चैतदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर १ पुसदेखि नै भक्तजनका लागि खुला गरिसकिएको छ । पशुपतिनाथमा पनि मास्क अनिवार्य गरिएको छ । भक्तजनले भौतिक दूरी कायम गरेर स्वास्थ्यका अन्य मापदण्ड पनि पूरा गर्नुपर्नेछ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ६ : ४३ बजे

नौ अर्ब ५० करोड नाफामा नेपाल आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा

सकियो स्वाद-उत्सव, झण्डै २ लाख पाहुनाले लिए पौवाको स्वाद

नेपालगन्ज । आफ्नौ नवौं वर्षको अवसर पारेर होटल पौवाले आयोजना

गोली लागेर एक सैनिकको मृत्यु

चितवन । हतियार सफा गर्ने क्रममा गोली लागेर एक सैनिक

नबिल बैंकलाई प्रधानमन्त्रीले गरे सम्मानित

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो

सुरेश रजक हत्या सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानविनका लागि राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँकेले दिवंगत पत्रकार सुरेश रजकको