कावासोती । पूर्वी नवलपरासीको बिनयी त्रिवेणी १ मा गएराति प्रहरीको कुटाईबाट एक टेक्टर चालको मृत्यु भएको छ ।
दाङ राजपुर गाउँपालिका ४ घर भएका का २४ वर्षीय हरि श्याम यादवकाे मृत्यु भएकाे हाे ।
गएराति विनयी खोलामा अवैद्य रुपमा बालुवा लिन गएका ट्याक्टरहरुलाई नियन्त्रणमा लिने क्रममा दुर्घटना हुँदा घाइते भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुम्किवासमा टेक्टर चलाउदै आएका थिए ।
तर, स्थानीयले प्रहरीले कुटपिट गरेर मारेको दावी गरेका छन् । घटनामा दुई जना प्रहरी घाइते भएका छन् ।
घटनाकाे विराेध गर्दै स्थानीयले रातिदेखि नै दुम्कीवास प्रहरी अगाडि विराेध प्रर्दशन गरिरहेकाे स्थानीय कृष्ण पाण्डेले बताए । प्रदर्शनका कारण पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरर्गत बुटवल नारायणगढ सडक खण्ड अवरुद्ध भएको छ ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन अश्रुग्यास समेत प्रहार गरेकाे छ ।
प्रतिक्रिया