काठमाडौं । बलिउडका चर्चित अभिनेता रजनीकान्तले राजनीतिक दल खोल्ने घोषणा गरेका छन । नयाँ वर्षमा राजनीतिक पार्टी बनाउने र यसको घोषणा ३१ डिसेम्बरमा गरिने उनको भनाइ छ ।
ट्वीट मार्फत उनले यसबारे जानकारी दिएका हुन । तमिल भाषामा गरिएको ट्वीटमा उनले केही ह्याशट्याग पनि प्रयोग गरेका छन । जसमा ‘अहिले नभए कहिल्यै हुँदैन’, ‘हामी बदलिन्छौं, सबै बदल्छौं’ लेखिएको छ ।
राजनीतिक दल खोल्ने घोषणा अघि रजनीकान्तले आफ्नो संगठन ‘रजनी मक्कल मंदरम’ का जिल्ला सचिवहरुसँग ३० नोभेम्बरमा विचार-विमर्श गरेका थिए । उक्त बैठकपछि उनले चाँडै आफ्नो दल गठनबारे घोषणा गर्ने बताएका थिए । उनको यो निर्णयको प्रशंसकहरुले स्वागत गरेका छन ।
रजनीकान्तले सन् २०१७ देखि नै राजनीतिक दल खोल्ने बताउँदै आएका थिए । समय बित्दै जाँदा उनले यो विचार त्यागेको अड्कलबाजी गरिंदै आएको थियो । तर दल खोल्ने घोषणासँगै उनले तमाम शंकाहरुलाई विराम लगाइदिएका छन् ।
प्रतिक्रिया