१ चैत्र २०८१, शुक्रबार | March 14, 2025

कोरोना दाबी भुक्तानीमा अर्थ मन्त्रालयको सक्रियता, छिटो भुक्तानी गर्न बीमा समितिलाई दियो निर्देशन



काठमाडौ । अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानी छिटो गर्न बीमा समितिलाई फेरी निर्देशन दिएको छ । मन्त्रालयले बीमा समिति, नेपाल बीमंक संघ र राष्टिय बीमा कम्पनीलाई चार बुँदे निर्देशन दिएको हो ।

यस्तै प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी ३ दिनभित्र गरी, दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन अर्थमन्त्रालयले निर्देशन दिएको छ ।यस अघि सात दिन भित्रै दाबी भुक्तानी गर्ने निर्देशन दिएको भएपछि त्यस अनुसार नभएको भन्दै अर्थमन्त्रालयले बिमा समितिलाई फेरि पत्र काटेको हो ।

पत्रमा भेरिफिकेशन गर्न बाँकी दाबीको भेरिफिकेशन पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन, कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा के कस्ता समस्या देखिएका छन् त्यसबोर मन्त्रालयलाई जानकारी दिन भनिएको छ ।

हाल कुन कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको छ , पेन्डिङ विवरण के छ, त्यसको समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, यो विषयमा अर्थ मन्त्रालयसँग सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के छन् त्यो सबै खुलाउन पनि निर्देशन दिएको छ ।

मन्त्रालयले यस अघि गत असोज १८ गते कोरोबा बीमाको दाबी ७ दिनभित्र गर्न निर्देशन दिएको थियो ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ६ : ०० बजे

एकीकृत समाजवादीको कार्यालयमा समाजवादी मोर्चाको बैठक

काठमाडौं । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । नेकपा एसको

साहित्यकार क्षेत्रीको निधनमा प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चर्चित बसाईं उपन्यासका लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको

चार देशीय सिरिजमा नेपालले आज हङकङविरुद्ध खेल्दै

काठमाडौं । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत हङकङविरुद्ध

पीएम कप : आज बागमती र सुदूरपश्चिम, सशस्त्र र नेपाल पुलिस भिड्दै

काठमाडौं । प्रधानमन्त्री (पीएम कप) एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा