काठमाडौं । मंगलबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा बैठकमा उपस्थित नहुने सुचना दिएर निस्केका नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा सहभागी हुन सहमत भएका छन् । आज १ बजे बस्ने भनिएको बैठक प्रधानमन्त्री सहभागी हुने भएपछि १ घण्टा पछि २ बजेका लागि सारिएको छ ।
मंगलबार बसेको बैठकमा अध्यक्ष प्रचण्डको १९ बुंदे राजनीतिक प्रस्तावको खारेजीको माग गर्दै प्रचण्डको प्रस्तावलाई लिएर छलफल हुन नसक्ने भन्दै प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएका थिए ।
बैठकमा सहभागी नहुने मनस्थिती बनाएर बसेका ओलीलाई ओली निकट नेताहरुले दावाव दिएपछि बैठकमा सहभागी हुन सहमत भएको ओली निकट श्रोतले दाबी गरेको छ । मंगलबारको बैठकमा ओली निकट सचिवालय सदस्य ईश्वर पोखरेलले समेत प्रस्तावमाथि छलफल हुनु पर्ने बिचार ब्यक्त गरेक थिए । बैठकमा बहुमत सदस्यहरुले प्रचण्डको प्रस्ताव बैठकको एजेण्डा बनिसकेको बताएका थिए ।
प्रतिक्रिया