२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

कानून कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक छ : मुख्यमन्त्री भट्ट



बैतडी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कानुन कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्ने बताएका छन ।

शनिबार मानअधिकार पत्रकार सङ्घ (हुर्जा) को आयोजनामा ‘सङ्घीयताको कार्यान्वयन, अवसर र चुनौती’ विषयक सरोकारवालाको भर्चुअल बैठकमा उनले देशमा थुप्रै कानून बनेको भए पनि मानसिकता परिवर्तन नहुँदा समस्या भएको बताए ।

“नेपालको संविधान उत्कृष्ट छ, कार्यान्वयनकै चरणमा छौँ”, उनले भने, “देशमा राम्रा कानून बनेका छन् तर मानसिकता बदलिएको छैन, मानसिकता नबलिँदासम्म जति राम्रो कानून बने पनि जटिलता आइराख्छ ।”

देशमा एउटै दलको सरकार रहेको भए पनि कानून बन्न ढिलाइ भएको समेत मुख्यमन्त्री भट्टले बताए । “मैले कानून नबन्दा भएको अप्ठ्यारोबारे सङ्घीय सरकारसँग कुरा राखिसकेको छु”, उनले भने, “शुरुमा सङ्घले कानून बनाउन ढिलाइ गर्यो, त्यसपछि प्रदेश अनि स्थानीय तहमा पुग्दासम्म सङ्घीयता कार्यान्वयनमा ढिलाइ भएको छ ।”

उनका अनुसार सङ्घले कानून नबनाउँदासम्म प्रदेशले काम गर्न नसक्ने भएकाले कानून बन्न ढिलाइ हुँदा सबै तहका सरकारलाई काम गर्न केही जटिलता देखिएको छ ।

अन्य प्रदेशमा सम्पन्न भएको “सङ्घीयताको कार्यान्वयनमा सरोकारवालाको भूमिका” विषयक भर्चुअल बैठक सुदूरपश्चिममा शनिबार सम्पन्न भएको मानअधिकार पत्रकार सङ्घ (हुर्जा) का अध्यक्ष घनश्याम खड्काले जानकारी दिए ।

प्रदेशगतरूपमा देशभरि गरिएको भर्चुअल बैठकमा बोल्ने अधिकांश वक्ताले कानून कार्यान्वयन गर्न सबैले प्रतिबद्धता गरे पनि कार्यान्वयनमा उदासीन भएको बताएका थिए । रासस

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ९ : २३ बजे

सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई

जाडो छल्न आगन्तुक चरा चितवनमा

चितवन । जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका

आठ करोडको लागतमा त्रिशूलीमा नयाँ पुल

नुवाकोट । विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस

आज तेस्रो दिनपनि रवि लामिछानेसँग बयान लिनेक्रम जारी

भैरहवा । रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो

लुम्बिनीका नगरपालिका र सिचुआनको देयाङ नगरसंग मितेरी सम्वन्ध कायम गर्न मुख्यमन्त्रीको प्रस्ताव

सिचुआन । चीनको सिचुआन प्रदेशको औपचारीक भ्रमणमा रहेका लुम्बिनी प्रदेशका