२९ चैत्र २०८१, शुक्रबार | April 11, 2025

कर्मचारी व्यवस्थापनमा बागमती प्रदेश



बागमती । कर्मचारी अभावका कारण कार्य सम्पादनमा समस्या भएपछि बागमती प्रदेश सरकारले रिक्त कर्मचारी व्यवस्थापनको काम अघि बढाएको छ ।

बागमती प्रदेश मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा. मानबहादुर बिकेका अनुसार प्रदेश सरकारले कर्मचारी सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरिसकेको छ ।

सोअन्तर्गत प्रदेशका विभिन्न मन्त्रालय, निकाय र कार्यालयहरुका लागि तीन हजार ७६६ स्थायी दरबन्दी र २८३ अस्थायी दरबन्दी कायम हुने गरी कर्मचारी व्यवस्थापनको काम अघि बढाइएको हो ।

प्रदेश सरकारले कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ बमोजिम प्रदेश सेवाको कानून बनेपछि सोहीअनुसार सेवाका शर्तहरु कायम हुने गरी स्वीकृत दरबन्दीमा रिक्त पदहरु पदापूर्ति गर्न प्रदेश लोकसेवा आयोगसँग माग गरेको छ ।

अब वाग्मती प्रदेशअन्तर्गतका सबै मन्त्रालय, निकाय र कार्यालयहरुले आआफ्नो कार्यालयमा रिक्त कर्मचारी तथ्याङ्क पहिचान गरी प्रदेश लोकसेवा आयोगलाई परिपत्र गरेपछि आयोगले थप कर्मचारी व्यवस्थापनको काम अघि बढाउने छ ।

हाल वाग्मती प्रदेशमा आवश्यकताअनुसार कर्मचारी नहुनु, स्पष्ट कानून नहुनु, बजेट खर्च प्रणाली व्यवस्थित नहुनु लगायतका कारण कार्य सम्पादनमा समस्या हुँदै आएको प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव डा बिकेले जानकारी दिए ।

प्रदेश सरकारले सबै सरकारी निकायमा रिक्त कर्मचारी व्यवस्थापनको काम पूरा गरेपछि प्रदेश सरकारको कार्य सम्पादनमा थप सहजता हुने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ७ : १२ बजे

राष्ट्रिय सुरक्षाका लागि सक्षम जनशक्ति आवश्यक : प्रधानमन्त्री ओली

भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको विभिन्न सिसमको

दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइयो, आजै म्याद थप गरिने

काठमाडौं । अन्ततः दुर्गा प्रसाईंलाई पक्राउ गरेको स्वीकार गर्दै प्रहरीले

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नवाबहरुको शहर नेपालगन्जलाई लक्षित गर्दै पौवाले ल्यायो ‘नवाबी भेज कवाब’

नेपालगन्ज । नयाँ मुलुकको चर्चित शहरकारुपमा इतिहास बोकेको नेपालगन्जलाई चिनाउने

लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउन उच्चस्तरीय आयोगको सुझाव

काठमाडौँ । लगानीको वातावरण बनाउन र उत्पादनको लागत घटाउने सुझावसहितको